
काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए रु
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७६१ जना, ललितपुरमा ६९४, रूपन्देहीमा ४२९ जना, मोरङमा ३८३ , भक्तपुरमा ३६६, बर्दियामा २७१ र सुर्खेतमा २३९ जना कोरोना संक्रमण थपिएका छन् ।
यस्तै काभ्रेपलाञ्चोकमा १७२, बारामा १५७, सिन्धुपाल्चोकमा १५५, झापामा १४८, बाँकेमा १३७, म्याग्दीमा १४४, कपिलवस्तुमा १३२, सुनसरीमा १२१, मकवानपुर र स्याङ्जामा ११२र११२ जना र दाङमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।
धनुषा र अछाममा ९६र९६ जना, सिरहामा ८६, पाल्पामा ८०, धादिङमा ६७, तनहुँमा ६४, गुल्मीमा ६३, महोत्तरीमा ६०, सप्तरीमा ५९, गोरखामा ५८, नवलपरासी पूर्वमा ५३, डोटीमा ५२, कैलालीमा ५०, सल्यानमा ४९, उदयपुरमा ४८, रामेछापमा ४१, नवलपरासी पश्चिममा ४०, बागलुङमा ३९, नुवाकोट र कालीकोटमा ३८र३८ जना, पर्सामा ३७, कञ्चनपुरमा ३६ र लमजुङमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा २४, सर्लाहीमा २१, डडेल्धुरामा १८, इलाम र दोलखामा १४र१४ जना, रोल्पामा १२, ताप्लेजुङ, रौतहट, सिन्धुलीमा १३र१३ जना, बैतडीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।
डोल्पामा ९, खोटाङ र पर्वत र रूकुम पश्चिममा ८र८ जना, ओखलढुंगा, धनकुटा भोजपुरर जाजरकोटमा ६र६ जना, पाँचथर र संखुवासभामा ५र५ जना, सोलुखुम्बु र रसुवामा ४र४ जना, तेह्रथुम, प्युठान, जुम्ला, दैलेख, दार्चुला र बाजुरामा ३र३ जना, मुस्ताङमा २ तथा मुगु र बझाङमा १र१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५६५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । अनलाइनखबर,,