बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका वडा सातका स्थानिय बासी संचारको पहंचमा पुगेपछी खुसी भएका छन् । उक्त वडा बासी स्थानिय सरकार आएको करिब ६ बर्षपछी संचारमा जोडिएपछी खुसी भएको हुन । बडिमालिका सात सदरमुकाम संगै जोडिएको वडा पनी हो , तर उक्त वडामा अहिले सम्म संचार पहंच पुगेको थिएन । आफन्त संग भलाखुसाली गर्न डांडाहरु धाउनु पर्ने बाध्यता थियो । अहिले संचार सेवा गाँउमै पुगेपछी उक्त समस्या दुर भएको जानकारी गराएका छन ।
नेपाल टेलिकम बाजुराले बडीमालिका नगरपालिकाको वडा नं सात स्थित माउलेख डांडामा फोर्जी टावर सञ्चालनमा ल्याए संगै ग्रामिण भेगका विद्यालयमा ईनटरनेट सहितको डिजिटल शिक्षा सञ्चालनमा भएको छ । “बडिमालिका नगरपालिका भित्रका बिद्यालयमा रहेका भौतिक संरचना उपयोग गरी इन्टरनेट सहितको डिजिटल शिक्षाको अवधारणा प्रयोगमा आएको छ । उक्त वडामा रहेको ज्ञानुदय मावि रजातोली लक्ष्मी मावि जिल्ली र सरस्वती मावि ढम्कनेमा पहिलो पटक जडान गरेको बडिमालिका नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष पाध्याले बताउनुभयोको छ ।
स्मार्ट बोड र ईलाइब्रेरीको सहायताले विद्यार्थीहरुलाई पाठ्य सामाग्री र विभिन्न सुुचनामुुलक सामग्रीहरु सर्च गरी पढाउन सहयोग ग्रर्नृ भएको छ । “यतिवेला हामीसंग विएसी शिक्षेक हुनुहुन्न,विषय गत शिक्षक नहुदा स्मार्ट बोर्डको सहायताले बिद्यार्थीलाई पठनपानमा सहयोग पुुगेको छ । हाललाई ९ र १० कक्षाका विद्यार्थीका लागि सञ्चालनमा ल्याएका छौ उहाँले भन्नु भयो । माथिल्लो कक्षामा प्राय विषयगत शिक्षक नहुंदा विद्यार्थिका पढाइमा वाधाभएको थियो। तर स्र्माट प्रविधी जडान भएपछि उक्तप्रविधीको प्रयोगगरी अध्यापन गराउन सहज भएको छ ज्ञानुदय माविका प्रधानाध्यापक विजयराम पाध्याले पाध्यायले भन्नुुभयो । बिद्यालयमा वाईफाइ सुविधा नहुंदा डाटाबाट सञ्चालन गर्नु पर्ने भएकोले खर्चिलो छ। शिक्षक लाई प्रविधी मैत्रीतालिम र वाईपाmइको ब्यबस्थापन गर्न सके अत्यन्त प्रभावकारी हुने थियो प्रअ पाध्यायले बताउनृ भएको छ
त्यस्तै सोही विद्यालयकी कक्षा नौ मा अध्धयनरत छात्रा जानकी कुमारी तिमिल्सनाले पनि स्र्माटबोर्ड प्रबिधीबाट ग्रामर ,सल्भ मोडेल क्वीसन , नमुना प्रश्न लगायत अन्य पत्रपत्रिका पनि पढ्न सहजभएको बताँछिन् । हामी गाउँका विद्यार्थिका लागि यो अत्यन्त राम्रो सुविधा भएको छ । बडीमालिकाले विगतचार वर्ष देखि र्इ बडिमालिका संर्गै स्मार्ट प्रविधी जडान गरी शिक्षाको गृणस्थरीय उकास्न विभिन्न नीतिगत निर्णय गरेको थियो पछि प्रदेश सरकारले पनि सहयोग ग्रर्नृ भएको थियो । बडिमालिका नगरपालिकाका ३१ वटै विद्यालयमा आईसिटी शिक्षा प्रणाली लागूगर्ने दिर्घकालीन योजना अन्तरगत बडीमालिका वडा नं सातबाट शुरु भएकोमा खुशी छुु बडिमालिका नगरपालिकाका संस्थापक मेयर पूर्व मेयर पदम बडुवालले जानकारी दिएका छन ।
उपलब्धीमुलक छ राष्ट्रिय अन्तराष्ट्रिय स्तरका पत्रपत्रिका, पुस्तक तथा अनलाइन सामग्रीहरु तथा शिक्षण सेवाबिस्तार गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत बनपा–७ लक्ष्मि मावि , कालिका आविमा भवन र ज्ञानोदयमावि र सरस्वती आविमा आई सि.टी कार्यक्रमबाट शिक्षा सहयोग भएको छ । बडीमालिका नगरपालिकालार्य ईबडिमालिका घोषणा गरेकाथियों पाँचवर्ष भित्र बडीमालिकामा विद्युत , सञ्चार र शिक्षाका लागि पबिधी जडान गर्ने कार्यक्रम थियो । त्यसकै निरन्तरता स्वरुप राष्ट्रपति शैक्षिक कार्यक्रम, प्रदेश सरकार र स्थानीय पालिकाको सहयोगमा उक्त कार्यक्रम लागूभएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमलविकले बताउनुभयो ।
सडक, विद्युत फोर्जि सहितको ईन्टरनेट भएको दुुर्गम बस्तीका विद्यालयमा आईसिटी कार्यक्रम अत्यन्त उपयोगी हुने सम्बन्धित अधिकारी तथा अभिभावकले बताएका छन् । यसैविच सदरमुकामको माउलेखमा फोर्जी टावर सञ्चालनमा आएपछि सदरमुकामको नगरपालिका मै पहिलो पटक टेलिफोन इनटरनेटको सहजपहुंच पुुगेको छ । गाउँमा टावर नटिप्दा फोन गर्न र फोर्जी चलाउँन स्थानीयहरु घटालीमाण्डौं डांडामा आएर सम्पर्क गर्न बाध्य थियौं त्यस्तै सिराडीमा कट्कलाको डांडामा र अन्य धेरै क्षेत्रमा डांडाकाडा धाउने पर्ने बाध्यता थियो , अव त्यो समस्या दुर भएको छ स्थानीय नर विकले भने ।