बाजुरा– सयुक्त विद्याथी संगठनद्रारा सरमुकाम मार्तडीमा राष्टपति विद्या भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाइएकाे छ ।
प्रधानमन्त्री केपी सर्मा वलीले सुक्रबार प्रतिनिधी सभाको बिघटन गरेकोले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन गरि मुलुकलाई अस्थिरता तिर धकेलेको भन्दै त्यसको बिरोधमा पुत्ला दहन गरेको नेबिसंघ बाजुराका कार्यबाहक अध्यक्ष जनक थापाले जानकारी दिनुभयो ।
केपी चोर देश छोड , असंबैधानीक कदम मुर्दाबाद , भन्दै र्याली निकाली बजार परिक्रममा गरेको थियो । देश कोरोना संक्रमणमा आक्रान्त भई रहेका बेला देश र जानता प्रति सरकार उत्तरदायि नभएको र उल्टै संबैधानिक कदम चालेकाले यसका बिरुद्धमा पुत्ला दहन गरेको आन्दोलनमा सहभागी नेकपा माओवादी केन्द्रकी प्रदेश सदस्य कमल कुमारी शाहाले बताउनुभयो । आन्दोलनमा नेबिसंघका कार्यबाहक अध्यक्ष जनक थापाको नेतृत्वमा बिद्यार्थी नेता सुरेन्द नाथ,कमल कुमारी शाहा, नेपाली कांग्रसका पाटी सचिव टेक बहादुर रोकाया नेपाल महिला संघ जिल्ला अध्यक्ष अमुता सिंह लगायतका दर्जनौ नेताहरुको उपस्थिती रहेको थियो ।