
काठमाडौँ – विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटन विरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा आइपुगेका हुन् ।
एक हलमा हस्ताक्षर संकलन जारी छ। माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिरोध खतिवडा, सोमप्रसाद पाण्डे, रामकुमारी झाक्री, लक्ष्मी चौधरी, झपट रावल, सोमप्रसाद पाण्डे लगायत छन् । केही सांसदहरुले वारेसनामा दिएको सांसद निरादेवी जैरुले बताइन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो । रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।