बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिका वडा नंं. ३ बजेडीका २१ बर्षिया राम प्रसाद जैशी दुबै मृगौला फेल भएर मृत्यु कुरिरहेका छन । सहारा बिनाका जैशी बिगत १० बर्ष देखि कान्छा बुवाको सहारामा भारतको बरेलीमा उपचाररत थिए । करिव १० वर्ष पहिला नै बुवाको मृतयु भए संगै पीडित जैशी लामो समय सम्म बिरामी परेर थलामै रहेका थिए । यसै क्रममा जैशीको नेपालका अस्पतालहरुमा उपचार हुँन नसकी भारतमा अंकलले मजदुरी गर्दै उपचार गरि रहेका थिए । दुबै मृगौला फेल भएको थाहा भए पछि निजलाई भारतमा पनि उपचार सम्भव नहुदा नेपाल ल्याइएको थियो । बुवा बुदै जैशीको २०७० सालमा मृत्यु भए पछि आमाको सहारामा पालन पोषणमा हुर्केका जैशीलाई स्वास्थ्यमा समस्या आए पछि कान्छा बुवाले उपचारका लागी भारतका बिभिन्न हस्पिटलमा लिएका थिए ।
आर्थिक अवस्था कम्जोर भएका जैशीकी आमा पनि अपाङ्ग भएकोले आर्थिक संकलन गर्न नसकी हाल १ बर्ष देखि भक्तपुरको मानव अंग प्रत्यारोपण हस्पिटल भक्तपुरमा उपचार गरि रहेका छन ।
अस्पतालको सैयामा छट्पटाई रहेका जैशीको मृगौला प्रत्यारोपणका लागि १२ लाख रुपैयाँको आवश्यकता पर्ने भएकोले उनले समपुर्ण सबैमा सहयोगको लागी अनुरोध गरेका छन । एक बर्ष देखि भक्तपुरमा उपचारार्थ जैशीको भिनाजु पदमराज रेग्मीका अनुसार डक्टरले १२ लाख रुपैयाँ जम्मा गर्न सके मात्र मृगौला प्रत्यारोपण गर्न सक्ने सम्भव भएको भने पछि अहिले आर्थिक सहयोगका लागि हार गुहार गरिरहेका छन ।
निजलाई आर्थिक सहयोग गर्न अपरिहार्य भएकोले निज जैशिलाई सहयोगार्थ देश देखी बिदेशमा रहनु भएका नेपाली दाजुभाई हरुलाई निजको सिद्वार्थ बैंक लि. भक्तपुर ठिमी शाखामा रहेको कृष्ण कुमारी जैशीको खाता नं. ०१७१५४१४३५० मा सहयोग जम्मा गर्न अनुरोध गरिएको छ । आमा, दिदि र स्वयम मृगौला पिडित जैशी गरी तिन जना मात्र परिवार भएकोले आर्थिक समस्या निकै परेकोले आफु लाई बचाँउन समपुर्ण सबैमा सहयोगको लागी गुहार मागि रहेको उपचारको क्रममा साथमा रहनु भएका निजका भिनाजु पदमराज रेग्मीले बताए ।