
बाजुरा-जिल्लाकाे बुढीनन्दा नगरपालिका-८ ले वडाका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेकाे छ । जेष्ठ नागरिक लाई न्यानो कपडा बलान्केट वितरण गरिएको वडा अध्यक्ष केशर शाहिले बताए। वडाको विपद कोष वाट वडा भित्रका ७० जना जेष्ठ नागरिक लाई न्यानो बलान्केट वितरण गरिएको हो । नगर प्रमुख जनक कुमार बोहराको प्रमुख आतिथ्यमा हिउँदको चिसो लाई मध्य नजर गर्दै जेष्ठ नागरिक लाई न्यानो कपडा वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा औसधि समेत वितरण गरिएको वडा अध्यक्ष केशर शाहीले बताए ।