बाजृरा–वाइसीएल नेपालका केन्द्रिय सचीव तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुदुरपश्चिम् प्रदेश समिती सदस्य युवा नेता नवराज ऐरले योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल देशकै एक नम्बर क्रान्तिकारि संगठन भएको बताएका छन्.
वाइसीएल नेपाल बाजुराको प्रथम बैठकका लागि बाजुरा पुग्नु भएका नेता ऐरले सदरमुकाम मार्तडिमा गरिएको वाइसीएलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो।उनले वाइसीएल नेपालले देसै भरी रहेका उर्जावान युवाहरुलाइ एकीकृत गर्दै नागरिकका जनजिबिकाका सवाल हरुमा शशक्त आवाज उठाउने संगठन बनाउन गाउँ–गाउँमा युवाहरुलाइ खटिन आव्हान समेत गरेका छन्।साथै युवाहरुलाइ नेताको चाकरी नगरी जनताको दैनिकी संग जोडिन अनुरोध गरेका छन् भने गुट उपगुटमा लाग्नेले पार्टी कमिटिमा बस्न नसुहाउने बताए।
आजै योङ्ग कम्युनिस्ट लिग नेपाल जिल्ला कमिटी बाजुराको प्रथम बैठक सम्पन्न भएको छ । वाइसीएल जिल्ला कमिटी सदस्य प्रेम धामिको अध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपालका अर्का केन्द्रिय सदस्य शिव बोगटी,प्रदेश संयोजक नर बहादुर बिस्ट,प्रदेश सदस्य सुरेन्द्र बिक नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषध्यक्ष कमल कुमारी शाह,प्रदेश कमिटी सदस्य महेश शाही लगायत वाइसीएल बाजुराका करिब ६०जना युवाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वाइसीएलका अर्का केन्द्रिय सचीव शिव बोगटीले नेतृत्वले अब काठमाडौ धनगढी बसेर होइन जिल्ला हुँदै गाउ गाउँमा केन्द्रित हुन निर्देशन दिए । माथिल्लो तहका नेताले तलको संगठनमा ध्यान दिनुपर्ने समेत बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी कमल कुमारी शाह र प्रदेश कमिटी सदस्य महेश शाहिले अब देश युवाकै काधमा रहेकोे हुंदा वाइसियल नेपालले संगठनलाई गतिशील र चलाएमान बनाउन फिल्डमा जानू पर्ने बताए । बैठकले श्रद्धाञ्जली,परिपत्र बाचन,परिचयात्मक सहित रिपोर्टिङ, कार्य बिभाजन, पालिका, वडा सम्मेलन गर्ने एजेन्डामा रहेर निर्णय गरेको छ । बैठकले वाइसीएल बाजुराको कार्यबिभाजन गरेको छ ।जसअनुसार वाइसीएल बाजुराको संयोजकमा तुल बहादुर रोकया सचिवमा प्रेम धामी लगायत प्रत्येक पालिका बाट एक–एक जना समेटिने गरि ११ सदस्यीय जिल्ला कमिटी घोषण गरिएको छ।