काठमाडौं– नेकपा एमालेको साधारण सदस्यबाट समेत निश्कासन भएकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका त्याग र बलिदानबाट प्राप्त संविधानलाई प्रेम पत्रको पुलिन्दा जस्तो बनाएको आरोप लगाएकी छिन् ।
आज विहान पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीले देशलाई फिजीको मार्गमा लगेको समेत आरोप लगाइन् ।
जनतालाई रोग र भोकको महामारीमा राखेर आफ्नो सत्ताका लागि संविधानलाई च्यातेर अघि बढेका ओली र भण्डारी भष्ट्राचारको दलदलमा फसेको पनि झाँक्रीको भनाई रहेको छ ।
अनुशासनहीन रहेको भनि एमाले अध्यक्ष समेत रहेका ओलीबाट साधारण सदस्यबाट समेत नरहने गरी कारबाहीमा परेकी झाँक्रीले जनताको स्वास्थ्य, सुरक्षा र देश संविधानभन्दा आफ्नो पद ठूलो कुरा नभएको पनि बताएकी छिन् ।
नेतृ झाँक्रीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधानलाई खेलौना बताएर आफू खुशी निर्णय गरेको पनि आरोप लगाएकी छिन् ।
जनता स्वास्थ्य उपचार नपाएर अस्पतालको शय्या समेत नपाएर छपपटाई रहेका बेला राष्ट्रपति र प्रधानमन्त्री लैला मजनुको जस्तै व्यवहारमा लिप्त रहेको पनि झाँक्रीको भनाई रहेको छ ।
आफूहरु लोकतन्त्र र संविधानको रक्षार्थ सम्मानित अदालतमा गएको र न्यायमुर्तीबाट ओलीको निरंकुशता गैह्र संवैधानिक पथलाई खारेज गरी जनताको अधिकारको पक्षमा निर्णय हुने कुरामा समेत ढुक्क रहेको बताएकी छिन् ।