काठमाडौँ- सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेले उप-प्रधान तथा गृहमन्त्री पदबाट ३२ दिनमै राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।