युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
114 पटक पढिएको

धनगढी– नेकपा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि यहाँका मन्त्री अझै पर्ख र हेरको अवस्था रहेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमा अन्तर्गत रहेका यहाँका मन्त्रीहरु सो निर्णयपछि पनि अझैसम्म फिर्ता हुने मनस्थितिमा नदेखिएका हुन्।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पार्टीको निर्णयबारे आधिकारिक रुपमा जानकारी नआएको बताए। आफुहरु कसरी जानेबारे छलफलमा रहेको मन्त्री सुवेदीको भनाइ छ।

त्यस्तै, नेकपा एमालेको संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले पनि पार्टीको आधिकारिक निर्णय आएपछि कसरी अगाडि बढ्नेबारे निर्णय लिने प्रतिक्रिया दिए।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब मुख्यमन्त्री भट्टले आगामी ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
तर नेकपा एमालेका मन्त्रीहरु सरकारबाट फिर्ता नहुनेमा आफुहरु ढुक्क भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले विश्वास व्यक्त गरे।

उनले भने, “उहाँहरुको बहुमत सदस्यहरु माधव समूहकै हुनुहुन्छ। त्यसैले उहाँ फिर्ता हुनुहुन्न। उहाँहरुलाई पार्टीले कारबाही गर्ने बलियो आधारमा पनि छैन। किनकी संसदीय दल नै अधिकार सम्पन्न भएकोले निर्णय लिने काम संसदीय दलको हुन्छ।”

हाल सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ।

प्रदेश सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरण मन्त्रीमा माया भट्ट रहेकी छिन्। पछिल्लो समय आन्तरिक मामिला तथा कानून मन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरि ५३ जना प्रदेश सभा सदस्य रहेका छन्। माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका पूर्व मन्त्री झपट बोहरालाई निष्कासन गरेपछि अब माओवादी केन्द्रमा १३ जना मात्रै रहेका छन्।

त्यस्तै, प्रदेश सभामा नेकपा एमालेका २५ जना ९सभामुख० प्रदेश सभा सदस्य रहेका छन्। जसमध्ये ६ जना मात्रै ओली समूह रहेका छन्। विधायन समितिका सभापति नेपालु चौधरी, प्रदेश सभा सदस्य लीलाधर भट्ट, ग्याल्बोसिंह बोहरा, पठानसिंह बोहरा, रतनबहादुर थापा र माया तामाङ ओली समूहमा छन्। बाँकी सभामुख बाहेक १८ जना प्रदेश सभा सदस्यहरु माधव समूहमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!