सुरेन्द्र खत्री बझाङ- बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको बताएको छ।
मङ्गलबार साँझ पौडी बजार बाट घर जाने क्रममा भिर बाट लडेर केदारस्यु गाउँपालिका वडा न.९ थालाका पुरुष ४५ वर्षिय मान बहादुर बाेहराकाे मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
घर नजिकैको थाला डाँडा भन्ने ठाउँ बाट लडेर उनको घटनास्थलमै मृत्यु भएको केदारस्यु गाउँपालिका वडा न.८ का वडा अध्यक्ष राम बहादुर बोहराले जानकारी दिए । घटना बारे थप अनुसन्धान गर्नका लागि प्रहरी र जनप्रतिनिधिहरु घटनास्थलमा पुगेका वडा अध्यक्ष बोहराले बताएको छ ।











