राम बहादुर दानी- रोरोना भाईरस (कोभिड-१९) ले आक्रान्त बनाएको याे बिपत्तिकाे समयमा बाजुुुरा जिल्लाकाे बुढिगँगा नगरपालिकामा रहेकाे कन्सन अनाथालयका बालबालिकाहरुलाई बिदेशमा रहनु हुने दयालु सामाजिक अभियान्ता सहयाेगमा दोस्रो पटक राहत बितरण भएको छ ।
बाजुराकी एक मात्र सामाजिक अभियानता नारी रिता शाहीको पहलमा उक्त राहत बितरण गरिएको हो । यश भन्दा पहिला पनि जिल्लाका विभिन्न ठाँउमा रहेका बिपन्न र अनाथ बालबालिकाहरुलाई राहत बितरण गर्दै आएकी सामाजिक अभियानता शाहीले दोस्रो पटक कन्सन बाजुरामा रहेका अनाथ बालबालिकाहरुलाई राहत वितरण गरेको वताईन ।
बुधबार मात्र शाहिको पहलमा ७ बोरा चामल, एउटा सिलेण्डर ग्याँस, दाल नुन, सावुन,तेल, बिस्कुट, भुजा, ५ प्याकेट पिठो गरि ३० हजारको खाद्द सामाग्री र स्वासथ्य सामाग्री हस्तान्तरण गरेकी हुन ।
हँकङ तथा अन्य देशहरुमा रहनुहुने सहयोगी मनहरुबाट उक्त राहत प्राप्त भएको शाहिले लोकतनणत्रविहानी न्युजलाई वताईन् ।
यसै क्रममा बिदेशमा रहनु हुने बाला गुरुङ, मेनुका अन्छङबो लिम्बू राई, अस्मि क्षेत्रि, पुस्पा गर्बुजा पुन, चन्दा कुमारी गुरुङ र उमा गरुङको आर्थिक सहयोगमा सो सामाग्री समाजिक अभियन्ता तथा साहित्यकार रीता शाहिले बुधबार नै हस्तान्तरण गरेकी हुन् ।
उक्त खाद्यान्न सामाग्री कन्सन बाजुराका संचालक गणेश थापालाई हस्तान्तरण अभियानता शाहिले एक कार्यक्रमका साथ हस्तान्तरण गरेकी हुन । सो सामाग्री त्रिवेणी नगरपालिकाका मेयर राम सिह रावलको हातबाट हस्तान्तरण गरिएको हो ।
खाद्दान्न सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख रावल र कन्सन बाजुराका प्रमुख थापाले धन्यवाद सामाजिक अभियानता शाहीलाई धन्यबाद दिएका छन । खाददन्न सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख र कन्शन बाजुराका प्रमुख थापाले आगामी दिनहरुमा पनि यसरी नै समाज सेवामा लागिरहन अनुरोध गर्दै आफुहरले गर्न सक्ने हौसला र सहयोग सदैव गर्ने वचन दिएको सामाजिक अभियानता शाहीले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिईन् ।