
राम बहादुर दानी- पछिल्लो समयमा बाजुरेली बिपन्न समुदायको सेवामा दिन रात नभनी लागेकी सामाजिक अभियान्ता रिता शाहीले बुढीगँगा नगरपालिका वडा नँ. २ र ३ बासीहरुलाई बुधबार स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छन् । नगरपालिकाको, बजेडी, नढाङ र देनबाडाका स्थानियहरलाई ५०० पिस मास्क वितरण गरेकी छन ।
पछिल्लो समयमा समाज सेवामा लागेका वुढीगँगा नगरपालिका वडा नम्बर २ बजेडीका मदन जोशीको पहलमा सामाजिक अभियान्ता रिता शाहीले आफुले नास्ता, चिया खाने पैसा बचत गरेर उक्त स्वास्थ्य सामाग्री वितरण गरेकी हुन ।
करि ३ हजार वरावरको स्वास्थ्य सामाग्री बुधबार गाउमै गएर सामाजिक अभियान्ता शाहीले समाज सेवी मदन जोशीलाई हस्तान्तरण गरेको वजेडीबाट तुफान जोशीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
समाजसेवी जोशी पछिल्लो समयमा समुदायमा उत्पिडितमा परेका समुदायलाई सेवा गर्दै आएका छन । समाजसेवी जोशीको पहलमा बजेडीका दुबै मृगौला पीडित २१ बर्षिय राम प्रसाद जैशी बचाउ अभियानमा आर्थिक सँकलन गर्ने काममा पनि ठुलो भुमिका खेल्दै आएका छन ।