
तरुणा जोशी– बझाङमा कोरोना भाइरसका संक्रमितहरु गाउँ–गाउँ डुल्दै आएका छन् । गाउँ–गाउँमा संक्रमण फैलिएसंगै संक्रमितहरु आइसोलेशनमा नबसेका हुनर । उनीहरु होम आइसोलेशनमा समेत बस्दैनन् ।
संक्रमण पुस्टि भएकाहरु समेत गाउँ–गाउँ डुल्दा अन्य नागरिक भने त्रसित भएका स्थानीय गोरख बोहराले बताए । उनले भने, “घर–घरमा कोरोना पोजेटिभ देखिदै छ। तर संक्रमित र संक्रमण नभएकालाई छुट्याउन सकिएको छैन। उहाँहरु गाउँ–गाउँ डुलिरहेका छन् ।”
स्वास्थ्य कार्यालय बझाङले उनीहरुलाई होम आइसोलेसनमा बस्न आग्रह गरेको बताएको छ । तर संक्रमितहरुले नमानेका हुन्। जिल्लाका १२ वटै स्थानीय तहका संक्रमितहरु आइसोलेशनमा बसेका छैनन्। संक्रमित गाउँ–गाउँ डुल्ने भएकाले अन्य नागरिकमा भने संक्रमणको त्रास छ ।
जिल्लाको सुर्मा गाउँपालिकाको वडा नम्बर २ र ३ मा कोरोना भाइरसको संक्रमण भहावह भएको बोहराले बताए। उनीहरु यार्सागुम्बा संकलनका लागि लेकमा समेत जाने गरेका स्थानीयले बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमसख भानुभक्त जोशीले संक्रमित होम आइसोलेशनमा नबसेकाले संक्रमण फैलिने जोखिम बढेको बताए। तर स्थानीय तहहरुका आइसोलेशनमा समेत संक्रमितको संख्या न्यून रहेको उनले बताए ।
स्थानीय तहहरुको लापरवाहीका कारण गाउँमा संक्रमण फैलिने जोखिम बढेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। उनले भने, “स्थानीय तहहरुमा आइसोलेशनहरु छन् । तर संक्रमितलाई राखिएको छैन् । उहाँहरुले पनि अनुगमन गर्न आवस्यक छ।”