युनिकोड    राशिफल    एफएम रेडियाे                        
130 पटक पढिएको

काठमाडौँ— प्रेस युनियनको ३० औँ बसन्त पार गरेर ३१ औँ बसन्त पार गरेको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्लंघन गरेको बताएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् ।

सरकार गठनका लागि आह्वान भएपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएको तर राष्ट्रपति भण्डारीबाट संविधानअनुसार काम नभएको देउवाको भनाइ थियो ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीका लागि आह्वान भएपछि आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको तर राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवाले आक्रोश व्यक्त गरे । कसको बहुमत छ भन्ने हेर्नका लागि सांसदहरूको लाइन लगाएको भए हुन्थ्यो भन्दै उनले मध्यरातमा प्रधानमन्त्रीले भनेअनुसार राष्ट्रपति चलेको बताए ।

’संविधानको उल्लंघन प्रधानमन्त्रीले त गरेका थिए राष्ट्रपतिले पनि गर्नुभयो । संविधानको ठाडो उल्लंघन राष्ट्रपतिले पनि गर्नुभयो,’ देउवाले भने । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न गरेको देउवाको भनाइ थियो । त्यस्तै, वर्तमान व्यवस्थामाथि पनि उनीहरूबाट हस्तक्षेप भएको भन्दै त्यसका विरुद्धमा एकजुट हुनुपर्ने उनको आग्रह थियो ।

मुलुकमा मनपरीतन्त्र चलेपछि कांग्रेस अदालत गएको देउवाको भनाइ थियो । स्वतन्त्र न्यायपालिकाले संविधानमाथिको हस्तक्षेपलाई परास्त गर्ने विश्वास आफूले लिएको उनले बताए । संविधानको धारा ७६ को उपधार ५ अनुसार गएर देउवाले निर्दलीय व्यवस्था लागू गर्न खोज्यो भन्नेहरूलाई देउवाले जवाफ दिएका थिए । उनले संविधानको धारा ७६ को उपधारा ५ पढेर सुनाएका थिए । उनले सांसदहरूले प्रतिनिधिसभा पाँच वर्ष सञ्चालन होस् भनेर उक्त व्यवस्था राखिएको र त्यसका लागि एक सांसदले प्रतिनिधिसभामा बहुमत पुर्‍याउने विश्वासको आधार देखाए राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि विपक्षी गठबन्धन जेठ ७ गते १ सय ४९ सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको थियो । प्रधानमन्त्रीमा देउवाको नाम प्रस्तावित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा १ सय ५३ सांसदको साथ रहेको भन्दै एमाले र जसपा संसदीय दलले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने निर्णय लिएर राष्ट्रपतिकोमा गएका थिए । राष्ट्रपतिले सोही राति दुवैको दाबी नपुग्ने निर्णय गर्दै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त निर्णयको विरुद्धमा १ सय ४६ सांसद सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् ।

देउवाले पार्टीको महाधिवेशन भदौमा गर्न आफू तयार रहेको र त्यसका लागि सबैसँग छलफल गर्न तयार रहेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशनबारे कुरा उठाएका थिए । जवाफमा देउवाले भने, ’शेरबहादुरले महाधिवेशन गरेन भन्ने कलंक लगाउन चाहन्न ।’ कोरोना महामारीको समयमा कसरी महाधिवेशन गर्ने भन्नेबारे सबैलाई सुझाव दिन उनको आग्रह थियो । आफूलाई महाधिवेशन नगरी बस्न रहर नभएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!