बाजुरा- प्राय बाजुरा जिल्लामा हुने साँस्कृतिक कार्यक्रममा बाजुरेली कलाकारहरुलाई अपमान गर्ने गरेकाे पाईएकाे छ । यसै क्रममा यहि फाल्गुण १८ गते देखि २७ गते सम्म खप्तड मालिका युवा सञ्जालकाे आयाेजनामा हुन लागेकाे साँस्कृतिक कार्यक्रममा पनि बाजुराका कलाकारलाई हेपाहा प्रवृति देखाएकाे ठहर गरिन्छ ।
शनिवार राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतिष्ठानले एक बिज्ञप्ति जारी गर्दै बाजुराली माटाेले जन्माएका राष्ट्रिय देखि स्थानिय स्तर सम्म ख्याति कमाउन सफल कयाैँ कलाकारहरुलाई अबमुल्यन गरेकाे बताईएकाे छ । प्रतिष्ठानका अध्यक्ष बिष्णु बहादुर धामीकाे हसणताक्षरित विज्ञप्तिमा भनिएकाे छ जिल्लामा आयाेजना हुने हरेक साँस्कृतिक कार्यक्रममा जिल्लाकाे सम्पतिका रुपमा रहेका कलाकारहरुलाई स्थान नदिनुले जिल्लाका कलाकर्मी माथी ठुलाे अपमान ठहरिदै आएकाे छ ।
बाजुरा जस्ताे दुर्गम जिल्लाले उर्भर माटाेमा जन्माएका सृजन्सिल कलाकारहरुलाई स्मरण नगरी जिल्लामा आयाेजना हुने कार्यक्रमका आयाेजकले महाेत्सवकाे नाममा कमाई खाने खेति बनाउदै गरेकाे बिज्ञप्तिमा भनिएकाे छ । जिल्लाले केन्द्रीय स्तर देखि सँस्कृति झल्काउने २५ लाख बढी दर्षकले मनपराएका देउडा गीतहरुमा आवाज भरणने र सृजना गर्ने कलाकारहरु पनि बाजुरा जस्ताे जिल्लाले जन्माउदै आएकाे छ । जसमा देउडा बिधामा तुगाेरु लेल्लीकी, गैजा डाेटी गैजा, अछामी बड्डाे र कप्पाल भरी जाैँणा युटुवमा दर्षकहरुले सर्वाधिक रुचाएका गीतहरुका सर्जक तथा गायक पनि बाजुरा जिल्लाले जन्माएकाे छ । उनै गीतका सर्जक हुन राजेन्द्र शाह वि पि र सर्वाधिक दर्षकले मन पराएकाे कप्पाल भरी जाैडा माैलिक देउडा गीतका सर्जक राम बहादुर दानी र गायिका मनिसा दानी । त्यस्तै तु गाेरु लेल्लीकी देउडा सर्वाधिक दर्षकले मन पराएकाे गीत हाे उसै गीतका सर्जक हुन राजेन्द्र शाह वि पि र गायिकामा सँगीता शाह । के यी र यस्तै देउडाकाे भुमरीमा स्वाधिक बजार पमएका गायक हरु जन्माउने जिल्ला बाजुरा हैन र ? यसकाे रहस्य बाजुरा जिल्लामा हुने साँस्कृतिक कार्यक्रममा यिनै जस्ता कयाै राष्ट्रिय स्तरका कलाकारहरु लाई अब मुल्यन गर्नु रहेकाे छ ।
उसाे त बाजुरा जिल्लाकाे माटाेले जन्माएर राष्ट्रिय स्तरमा नेपाली गीत सँगीतमा बेग्लै नाम कमाउने ब्यक्ति बिनाेद बाजुरेली जस्ता कलाकार पनि बाजजुराले जन्माएकाे छ । बाजुरा जिल्लाकाे सँस्कृति झल्कने गीत बुढीनन्दा छेडेदह खप्तडी पाटन, बैकुण्ठ बाजुरा कम्ति जिल्लाकाे भाैतिक राजनिचिक झल्काउने गीतकाे रचनाकार पनि त यहि जिल्लाले जन्माएकाे हैन र आयाेजकले यस्ता सँस्कृतिकाे सँरक्षण सम्ब्रदन गर्ने गीतका सर्जकहरुलाई बिषनु हुन्न ।
त्यस्तै किन ठाउँ पाउदैनन बाजुराका अग्रज कलाकार लाल बहादुर थापा, कृति बहादुर सिँह, रेखा जाेशी, डिक्रा वादी, सँगीता शाह, पार्वति अएडी, मन बहादुर राेकाया, शुसिला थापा, राजेन्द्र वाजुरेली, बिष्णु धामी, रााम बहादुर दानी, हर्क खडायत र राजेन्द्र शाह वि.पि ? बाजुरेली कलाकारले गरेकाे कला सँस्कृतिकाे याेगदानकाे वारेमा यस्ता आयाेजकहरुले पृष्ठभुमी र ईतिहास पढ्न अपरिहार्य छ ।
महाेत्सवकाे नाममा कमाउने भाडाेकाे रुपमा बाहिरका कलाकारहरु भित्रयाएर बाजुराकाे सँस्कृति माथी आयाेजकले धावा प्राहार गरेकाे राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतिष्ठानका अध्यक्ष बिष्णु धामीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा आपत्ति जनाईएकाे छ । यसरी बाजुरा जिल्लाले जन्माएका कयाै कलाकारहरुले बाजुरा जिल्लाकाे बिकास, सँस्कृति, पर्यटन प्रर्दन र पहिचानका लागि यागदान गरेकाे ईतिहासले छर्लँग गरेकै छ ।
खप्तड मालिका युवा सञ्जालकाे जिल्लामा हुन लागेकाे उक्त महाेत्सवमा जिलणलाका ९ वटै स्वानिय तहहरुलाइ बाेध गराउदै बाजुराका कलाकारहरुलाई आयाजकले अपमान गरेकाे भन्दै एक बिज्ञप्ति मार्फत घाेर आपत्ति जनाएकाे छ । बिज्ञप्ति यस्ताे रहेकाे छ ।