
मुकेश नेपाली : बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले किनारा न्युजालाई बताएका छन् ।
नँया भेरिरयन्ट सहितको कोभिड–१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस अघि बैशाख २२ गतेदेखि ३१ गतेसम्म बाजुरा जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला स्तरीय कोभिड १९को ब्यवस्थापन केन्द्र डिसीसिएमसि को आज बसेको बैठकले जेठ २१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारिले किनारा न्युजलाई बताएका छन।
्र