
बाजुरा– पछिल्लो २४ घण्टामा जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले बताएको छ ।
स्वास्थ्य कार्यालय बाजुराका अनुशार जिल्लामा ४१ जनाको एन्टीजेन विधीबाट परिक्षण गर्दा बिहीबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४ सय ६२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ सय ७६ जना रहेको स्वास्थ्य कार्यलय बाजुराका निमत्त कार्यलय प्रमुख महेश चन्दले जानकारि दिएका छन ।
उनकाअनुसार बिहीबार संक्रमित हुनेमा ३ जना बडिमालिका नगरपालिकाका,२ जना बुढिन्नदा नगरपालिकाका र १६ जना बुढिगंगा नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय बाजुराले लाेकतन्त्र बिहानी न्युजलाई बताएका छन ।
हालसम्म होम आइसोलेसनमा रहेको संक्रमितको संख्या १ सय ७१ जना छन भने ५ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाजुराका तथ्याङमा रहेको छ ।
आज थप १८ जना कोरोना संक्रमण मुक्त भए संगै अहिले सम्म निको हुनेको संख्या २ सय ७९ पुगेको छ भने ७ जनाको कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाजुराले लाेकतन्त्र बिहानी न्युजलाई जानकारी गराएका छन ।