युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
132 पटक पढिएको

बाजुरा–जिल्लाको बूढीगंगा नगरपालिका–२, मुस्तोलावासीले ५० वर्षपछि बल्ल गाउँमा खानेपानी पाएका छन । प्रदेश सरकारको आर्थिक सहयोगबाट सोलारले पानी तानेर गाउँमा ल्याएपछि मुस्तोलावासीले बल्ल खानेपानीको सुविधा पाएका हुन । पुस्तौँदेखि घण्टौँको बाटो हिँडेर कुवाको पानी खान बाध्य भएका मुस्तोलावासीलाई त्यो पानीले केही सहज बनाए पनि अन्य समस्या भने पुरानै रहेको मुस्तोलाका महिला बताउँछन ।
बूढीगंगा नगरपालिका–२, मुस्तोलाका ७० वर्षीया औला रावत भन्छन् “म यो गाउँमा पोइल (बिहा गरेको) आएको झन्डै ५० वर्षपछि बल्ल गाउँमा पानी आइपुग्यो ।” उनले लामो समयपछि गाउँमा पुगेको पानीले केही समस्या हल गरे पनि गाई, भैँसीलाई पानी खुवाउन, लुगाकपडा धुन र नुहाउन भने पुरानै समस्या भोग्नु परेको बताए ।
“तन्नेरी अवस्थामा कुवाको पानी ल्याउँदै गरेकी मैले बूढेसकालमा घरमै धाराको पानी भर्न पाउँदा मनमा त खुसी लागेको हो तर धारामा कहिले पानी आउँछ, कहिले आउँदैन । गाउँमा पानी पुग्यो, घरमै नुहाउन र लुगा धुनसमेत सहज हुने भयो भन्ने सोचेकी थिएँ । धारामा बिहान र बेलुकी खानका लागि मात्र पानी आउने गरेपछि कागलाई बेल पाक्यो न हर्ष न बिस्मात भनेझैँ भयो,” रावत भन्छन् ।
पचास वर्षपछि बल्ल मुस्तोलामा झन्डै एक किलोमिटर तलबाट सोलारले गाउँमा पानी तानेको छ । गाउँभन्दा माथि कतै नजिक मुहान नभएपछि सोलारले तलबाट पानी तानेर गाउँमा ल्याइएको हो तर स्थानीय राजुदेवी रावत भन्छिन्, “गाउँमा पानी आएपछि खान, नुहाउन, लुगाकपडा धुन र तरकारी खेती गर्नसमेत सहज हुने आशा गरेका थियौँ तर त्यस्तो भएन । धारामा कहिले पानी आउँछ कहिले आउँदैन । फेरि घण्टौँ हिँडेर कुवाको पानी ल्याउनुपर्छ ।”
मुस्तोलाका ३८ घरपरिवारको खानेपानीको समस्या समाधान हुने गरी प्रदेश सरकारले मुस्तोला खानेपानी निर्माण कार्यका लागि झन्डै एक करोड रुपियाँ विनियोजन गरेको मुस्तोला खानेपानी निर्माण योजनाको अध्यक्ष खडक रावतले बताए । प्रदेश सरकारको एक करोड आर्थिक सहयोगमा २०७५ साल मङ्सिरदेखि काम सुरु गरेको मुस्तोला खानेपानी निर्माणको काम २०७९ साल मङ्सिरमा सम्पन्न भएको निर्माण समितिका अध्यक्ष रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!