
राम बहादुर दानी- बुढीगँगा नगरपालिका वडा नँ २ का २१ बर्षिया राम प्रसाद जैशीलाई बिहिवार खप्तड मालिका युवा सञ्जाल बुढीगँगाले रु ५ हजार आर्थिक सहयोग गरेको छ । दुबै मृगौला फेल भएका जैशी भक्तपुरको मृगौला प्रत्यारोपण केन्द्रको अस्पताल सैयामा छट्पटाई रहेका छन ।
सञ्जालका पदाधिकारीहरुको सँयुक्त पहलमा बिहिबार वजेडी आधारभुत विद्दालयमा सो सहयोग रकम हस्तान्तरण गरेको रामप्रसाद जैसी बचाउ अभियानमा खटिएका मदन जैशी (तुफान) ले लोकतन्त्र विहानीलाई जानकारी दिएका छन ।
सहयोग रकम हस्तान्तरणमा खप्तड मालिका युवा सञ्जाल बुढीगँगाका संयोजक धिरेन्द्र थापा, सञ्जालका अध्यक्ष राजेन्द्र कटुवाल, उपा-अध्यक्ष सरिता रावल, सदस्यहरु सुशिला मिजार, बसन्ति जैशी, सम्भुराज जोशीको उपस्थित रहेको जैशीले बताए ।
उक्त रकम बिहिवार नै मृगौला पिडित राम प्रशाद जैशी बचाउ अभियान संयोजक एबम सामाजिक अभियानता मदन जैशी र नबराज जैशौ जैशी लाई नगद हस्तान्तरण गरेको सञ्जालकी सदस्य सुशिला मिजारले लोकतन्त्र बिहानीलाई जानकारी दिईन ।