राम बहादुर दानी- बुढीगँगा नगरपालिका वडा नम्वर ५ कि युवा उद्दमी सुशिला मिजारले बिहिबार मृगौला पीडित राम प्रसाद जैशीलाई रु २ हजार आर्थिक सहयोग गरेकी छन । दिन भरी गिट्टी कुटेर भए पनि सँकलन गरेको रुपैया मृगौला पीडीत जैशीलाई सहयोग गरेको बाजुराकी एक कठोर उद्दमी मिजारले लोकतन्त्र बिहानी न्युजलाई बताईन ।
सेवा नै धर्म हो एक छाक नखाएर भए पनि पीडामा परेकाहरुको सेवा गर्नु पर्छ भन्ने धारणा रहेको मिजार बताउछिन ।
यस अघि पनि बाजुरा जिल्लामा अक्सिजनको कमि भएर कोरोनाका बिरामीहरुले ज्यान गुमाउनु परेकोले अक्सिजन सिलेण्डर खरिदका लागि सामाजिक अभियान कार्यक्रमका लागि पनि मिजारले ५ हजार सहयोग गरेकी हुन । एक छाक नास्ता, चिया नखाएर वचाएको पैसा समाजमा असहाय, अशक्त र दिन दुखिहरुलाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता समुदायका मानिसहरुलाई आफु एक छाक नखाएर भए पनि सहयोग गर्न तयार रहेको बताउछिन ।
उक्त सहयोग रकम राम प्रसाद जैशी बचाउ अभियानका अभियान्ता मदन जोशीलाई हस्तान्तरण गरेकी हुन ।