युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
366 पटक पढिएको

बाजुरा — बुढीगंगा नगरपालिकाले सञ्चालन गरेको निशुल्क विशषेज्ञ स्वास्थ्य शिविरमा ४ हजार ८ सय ९१ जनाले सेवा लिएका छन् । शिविर सञ्चालनको दुईदिनमा ३ हजार १ सय ३ जनाले नाम दर्ता गराएकोमा उपचार देखि परामर्श सेवा लिनेको संख्या ४ हजार ८ सय ९१ पुगेको हो ।

नगरपालिकाले विपन्न समुदायलाई लक्षित गरेर पालिका र आसपास क्षेत्रका स्थानीयलाई सेवा दिने गरि निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा ठुलो संख्यामा स्थानीयले सेवा लिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।
शिविर स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालय बाजुरासँगको सहकार्यमा बुढीगंगा नगरपालिकाले सञ्चालन गरिएको हो । १० प्रकारको उपचार सेवा दिइएको शिविरमा पहिलो दिन २ हजार २ सय ८५ जना र दोस्रो दिन २ हजार ३ सय ६ जनाले उपचार सेवा लिएको टाँटे स्वास्थ्य चौकी प्रमुख विष्णुप्रसाद जैशीले बताएका छन् ।

शिविरमा उपचार गराएका मध्ये १ सय १९ जनालाई रिफर गरिएको छ । भने आँखाको अप्रेशनका लागि १ सय ४ जना विरामीको पहिचान गरिएको छ । विरामी पहिचान गरिएकाहरुलाई लक्षित गरि बैशाखमा शिविर सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ । शिविरमा १९ जनाको पाठेघरको मुखको संक्रमण देखिएका विरामी भेटिएकोले थप उपचारका लागि रिफर गरिएको छ । आर्थिक अभावकै कारण रोग पालि बसेका गरिब विपन्न समुदायलाई लक्षित गरेर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविर सञ्चालन पछि वर्षौ देखिएको समस्या लुकाएर बसेका बिशेष गरि महिला तथा वृद्धवृद्धालाई फाइदा पुगेको नगरपालिकाले विश्वास लिएको छ । शिविरमा बुढीगंगा नगरपालिका बाहेक छिमेकी त्रिवेणी, खप्तड छेडेदह, गौमुल, बडीमालिका लगायतका पालिकाबाट पनि उपचारका लागि विरामी आएका थिए । सेवा लिनेको संख्या जिल्लामा सञ्चालन भएका शिविर मध्ये हालसम्मकै बढी देखिएको छ । शिविरमा १० जना बढी बिशषेज्ञ डाक्टर सहीत ४० जना र पालिकाका स्वास्थ्य कर्मीले सेवा दिएका हुन् ।

शिविरमा जनरल फिजिसिय, स्त्री रोग विशषेज्ञ, बाल रोग, दन्त रोग, नाक कान र घाँटी, हाडजोर्नी, नशा, छाला रोग सम्बन्धी सेवा दिइएको टोली संयोजक रामबहादुर मल्लले बताएका छन् । शिविरमा नाबालक शिशुदेखि ९० वर्ष उमेर कटेका वृद्धवृद्धा पनि सहभागि भएका थिए । जनतालाई प्रत्यक्ष लाभ हुने शिविर सञ्चालन गरेकोमा स्थानीय खुसी देखिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!