साहित्य समाजको ऐना हो,साहित्यले ब्यक्तिको बिकाश संगै सामाजिक क्षेत्रमा ठुलो भुमिका खेल्छ। साहित्य जिवनको साधना हो,जसले अध्याँरा बाटाहरुलाई एकैसाथ उज्यालो गर्दछ । दिनको दुईगुना र रातको चौगुना निरन्तर अगाडी बढीरहने यो साहित्य जिवनको यात्रा अनबरक छ । सदा सदा चलिरहन्छ,नत कहिल्यै थाक्दछ,नत कहिल्यै साहित्य कसैबाट हार्दछ । मान्छे जिवनमा बदलीनु छ भने त्यो एक बाटो हो साहित्य साधना,जसले जिवनको मार्ग दर्शन दिने गर्दछ भन्ने कुराको प्रतिनिधित्व गर्दछ । साहित्यलाई जिवनको साधना सम्झेर अगाडी बढ्यौ भने जिवनमा कहिल्यै असफल हुदैनौ ।।
१ः हाँसो अनि खुसी कहिल्यै पाइन्न जस्तो छ ।
गरीब छु राम्रा लुगा कहिल्यै लाइन्न जस्तो छ ।
बिहान खोले बेलुका खोले अरु के नै छर,
भाग्यले नै मिठो खाना कहिल्यै खाइन्न जस्तो छ ।
२ः राति राति सपनिमा सताँउन आउछीन ।
अनेकथरी कुरा बनाई बताउन आँउछिन ।
सबथोक त्यागी माया गरीरहँदा पनि,
बिनासित्ती मनको माया फटाउन आउछिन ।
३ः माया गछौ तर माया लाउन जानिनौ ।
छुट्यौ आज मलाई पाउन जानिनौ ।
माया गर्थे नगर्ने भन्ने होइन,
प्यार बनि जिन्दगीमा छाउन जानिनौ ।
४ः भाको सबै नाता सहित टुटाएर गयौ ।
मैले दिएकोे चिनो सहित फुटाएर गयौ ।
धनी बन्ने आशा देखी तिमिले,
गुुण्डा लगाई सम्पति सारा लुटाएर गयौ ।।
५ः म मरेर घाँटमा लैजादा नरुनु है प्रिया ।
खाली आँसुले मुख नधुनु है प्रिया ।
याद आएतापनि मन थामेर बस्नु ,
त्यो पुरानो फोटोलाई नछुनु है प्रिया ।।
साहित्य सामाजिक प्रवृत्ति हो,जसले समाजको मुहार र काँचुली फेर्ने गर्दछ । त्यसैले साहित्यलाई माया गरेर जिवनमा सधै अँगालेर लैजाऔ ।











