युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
165 पटक पढिएको

बाजुराको जगन्नाथ गाउँपालिकामा योजना छनोट देखि रोजगारी दिलाउने सम्मका कार्यमा अनियमितता गर्ने गरेको आरोप लगाईएको छ ।

नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले आज संयुक्त ध्यानाकर्षण पत्र जारी गर्दै जगन्नाथ गाउँपालिकाले विकाश निमार्ण देखि रोजगारी दिलाउने कार्य सम्म एक लौटी गर्ने गरीएको आरोप लगाएका हुन । तिनै पार्टीका प्रतिनिधिले आज २७ वुदे ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आरोप लगाएका हुन । जारी गरीएको ध्यानाकर्षण पत्रको पहिलो पृष्ठमा वडा कार्यालयबाट प्रक्रियागत रुपमा छनोट गरीएका योजनालाई ब्यवास्ता गरी गाउँपालिका प्रमुखले पार्टीका कार्यक्रता केन्द्रित हुने गरी योजना छनोट र वितरण गर्र्ने गरेको, पालिकामा रिक्त रहेका स्थायी दरवन्दीमा स्थायी कर्मचारीद्धारा पदपुर्ति गर्नुको सट्टा कानुन विपरीत करार कर्मचारी नियुक्त गर्ने गरेको, पालिकाबाट प्रदान गरीने विभिन्न सेवा सुविधा तथा विभिन्न कार्यक्रम वास्तविक लक्षित वर्गमुखि नभई कार्यक्रता लक्षित र कमिसन मुखि भएको आरोप लगाईएको छ ।

त्यस्तै पालिकामा प्रमुख प्रशासकिय अधिकृत ल्याउन पहल नभएको, वडा कार्यालयमा कर्मचारीको ब्यवस्थापन नहुदा सामान्य कामका लागि पनि नागरीकले दुख पाउने गरेको, स्थानिय सरकारले खरिद गरेका दुई पाग्रे र चार पाग्रे सवारी साधान स्थानिय सरकारका वास्तविक ब्यक्ति भन्दा पार्टीका कार्यक्रताले प्रयोग गर्ने गरेको र त्यसबाट हुने खर्चको चरम दुरुपयोग भएको, गाउँपालिकाले जनतालाई सेवा दिने गरी एम्वुलेन्स खरीद गर्नुको साटो गाउँपालिकाका अध्यक्षलाई सुविधा हुने गरी ६० लाखको गाडि खरीद गरी अपरीभाषित ब्यक्तिले प्रयोग गर्ने गरेको र पालिकाबाट प्रदान गरीने सेवा सुविधामा विभेदकारी निति अवलम्वन गर्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

त्यस्तै पालिकाले ६० प्रतिशत रकम सडक निमार्णमा विनियोजन गर्ने गरेको र सो कार्य निमार्णमा आफ्नै डोजर प्रयोग गर्ने गरेको, पालिकाका लागि आवश्यक पर्ने निमार्ण समाग्रि सार्वजनिक खरीद ऐन विपरीत हुने गरी आसेपासे र कार्यक्रतालाई जीम्मा दिने गरेको, गाउँपालिकाको ईन्जीनियरमा छोरा, स्टाफ नर्समा छोरी, आईटी ईन्जीनियरमा भतिजी, लेखापालमा साडुभाई, रोजगार संयोजक र स्टोर प्रमुखमा मित छोरालाई राखिएको, वडा सचिवमा श्रीमती, ओभरसियरमा नातेदार भाई, गाउँपालिकाबाट प्रदान हुने विवाह दर्ता, वसाईसराई, जन्मदर्ता, सामाजिक सुरक्षा नविकरण लगायतमा सिफारीसमा चर्काे मुल्य असुल्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

त्यस्तै गाउँपालिकामा निमार्ण सुरु भएका कालडाँडा सिचाई, शिव गुफा पर्यटन मार्ग, मालिका जाने सडक जस्ता आयोजना अलपत्र पारेको, पुराना भर्ना गरीएका ईसिडी देखि मावि सम्मका विद्यालय कर्मचारी हटाई पार्टीका कार्यक्रता भर्ना गरीएको, पालिका प्रमुखले पार्टीका कार्यक्रता वाहेकका ब्यक्ति उपभोक्ता समिति भएको अयोजना सम्झौता र सम्पन्न सिफारीस नदिने गरेको, प्राकृतिक प्रकोपको क्षेतिको वास्तविक मुल्याकंन नगरी पार्टी निकट र आसेपासेलाई राहात दिने गरेको, योजना निमार्ण समितिमा एकलौटि गरीएको, वडा नं दुईको दहडाँडामा पर्यटन प्रवद्धनका लागि निमार्ण हुने संरचना पालिका प्रमुखले आफ्नो वडामा सारेका आरोप लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!