राम बहादुर दानीः– बाजुरा जिल्लाले जन्माएका कयौँ कलाकारहरुमा देवेन्द्र गीरी पनि गीत संगीतको छुट्टै पहिचान बोकेको नाम रहेको छ । यसै क्रममा जगन्नाथ गाँउपालिका बाजुरामा जन्मिएका गायक देवेन्द्र गीरीले गाँउपालिकाको सन्दर्भलाई जोडेर शब्दहरु संयोजन गरी तयार पारिएको देउडा आधुनिक गीत जगन्नाथ गाँउपालिका सार्वजनिक भएको छ ।
नजिक मिडिया प्रा.लि.को प्रस्तुतीमा रहेको सो गीतमा रेखा जोशी र देबेन्द्र गीरीको स्वर रहेको छ । गणेश बिष्टको उत्कृष्ठ शब्द रहेको सो गीतको सगीत राजेन्द्र बाजुरेलीले समायोजन गरेका छन । बहुचर्चित गायक एरेञ्जर बिनोद बाजुरेलीले एरेञ्ज गरेको गीतको मास्टरिङ्ग खडक बाजुरेलीले गरेका छन ।
मालश्री रेकर्डिाङ्ग स्टुडियोमा रेकर्ड भएको सो गीतमा देवेन्द्र गीरी र इब्सल सञ्जालले अभिनय गर्नु भएको छ । जगन्नाथ गाँउपालिकाको धर्म,संस्कृति पर्यटन, हावा पानी र भेषभुषालाई सो गीतमा समेटिएको छ । बिशेष फिल्मस्को अफिसियल युटुव मार्फत सार्वजनिक भएको गीतले छुट्टै गाँउपालिकाको मौलिकपन बोकेकोले यस गीतलाई दर्शकहरुले औधी मन पराउने कुरामा बिश्वास रहेको गीतका गायक देबेन्द्र गीरीले लोकतन्त्र बिहानी न्युजलाइ बताएका छन ।
भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला ।