
राम बहादुर दानी–कोरोना भाइरस (कोभिड–१९) सँग लडाइ लडिरहेका स्वास्थ्यकर्मीहरु माथी निमर्घात कुटपिटको घटनाको नेपाल फार्मेर्सी संघहरुले बिज्ञप्ती मार्फत घोर भर्तसना गरेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँकेमा उपचारका क्रममा मृत्यु भएका एक विरामीलाई स्वास्थ्यकर्मीको लापर्वाहीमा मृत्यु भएको भन्दै स्वास्थ्यकर्मी माथी कुटपिट गर्ने प्रयास भएको थियो । सो घटना प्रति नेपाल फार्मेसी संघ शुदुरपश्चिम प्रदेश र नेपाल चिकित्सा संघ बाजुराले एक विज्ञप्ती जारी गरी यस्ता कार्यको घोर भर्तसना गरेको छ ।
यसरी महामारीको समयमा आफ्नो स्वास्थ्यलाई पनि ख्याल नगरी नागरिकको स्वास्थ्यमा तैनाथ रुपमा खटिने वास्थ्य सिपाहीलाई उल्टै आरोप लगाएर निर्घात कुटपिट गरी लखेट्ने काम हुनुमा नेपाल सरकार नै दोषी रहेको बिज्ञप्ती मार्फत भनिएको छ । नेपाल फार्मेसी संघका सुदुरपश्चिम सचिव भरत बुढाद्वारा हताक्षरित बिज्ञप्तीमा यसरी स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नुले सिंगो जनताको स्वास्थ्य माथी हमला भएको बताइएको छ ।
नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेश र नेपाल फार्मेसी संघ बाजुराको संयुक्त हस्ताक्षर सहित शुक्रबार बिज्ञप्ती जारी गरिएको छ । जेष्ठ १३ गते भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारका क्रममा एक विरामीको मृत्यु भए पछि उल्टै सर्बसाधारणको स्वास्थ्यमा एहोराद्र खटिएर उपचार गरिरहेका स्वास्थ्यकर्मी माथी विरामीका आफन्तहरुले गरेको आक्रमणले स्वास्थ्यकर्मीलाई हौसलाको साँटो काम गर्ने मनोवल घटाएको नेपाल फार्मेसी संघ शुदुरपश्चिम प्रदेशका सचिव भरत बुढाको बिज्ञप्ती मार्फत भनाइ रहेको छ ।
हेर्नुस विज्ञप्ती यस्ताे छ
नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेशका सभिब भरत बुढा र नेपाल फार्मेसी संघ बाजुराका संयोजक भरत बुढा मोहन न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा त्यस्ता क्रियाकलापमा लाग्ने जोकोही लाई तुरुन्त कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकार संग जोड्दार माग गरिएको छ । यसरी निर्दोश स्वास्थ्यकर्मी देशभरका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी साथै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको ऐकवद्धताका साथ थप आन्दोलोन अगाडी बढाउने बिज्ञप्तीमा भनिएको छ ।