बाजुरा- कैलालीमा रहेकोे मानवसेवा आश्रमकाे निर्माणाधीन भवन निर्माणकाे अवस्थाको बारेमा हिमाली गाँउपालिका अध्यक्ष गाेविन्द बहादुर मल्ल स्थलगत पुगेर अवलाेकन गरेको छन। भने उक्त निर्माणकार्य भएको स्थलगत अवलोकन गर्दा मानव सेवा आश्रम परिवार खुसी व्यक्त समेत गरेको बताएको छन।
सडक पेटी एवम् सार्वजनिक स्थानहरमा भेटिएका सडक सहयाेगापेक्षी मानवहरु कम्तीमा पनि २०० जनालाई सेवा प्रदान गर्न सकिने आश्रमकाे आफ्नै सुविधा सम्पन्न अपाङ्ग मैत्री ,मानसिक मैत्री ,बालमैत्री ,वृद्दवृद्दा मैत्री भवन निर्माण (मानवीय मन्दिर) निर्माण कार्य तिव्र गतिको रूपमा अगाडी बढिरहेकाे छ। अभियानमा सम्पुर्ण धनगढी वासी, कैलाली वासी सुदुरपश्चिमेलीवासी र सम्पुर्ण नेपालवासी आफुले सकेकाे याेगदान पुर्याउन मानवीय सेवाकाे कार्यमा हातमा हात काँधमा काँध मिलाईदिनु भन्ने विश्वासका साथमा रहेको पनि बताएको छन।
विशेषगरी बेसाहारा ,अशक्त ,असाहाय ,अनाथ ,अभिभावक विहिन सडक आश्रित मानवहरुकाे व्यवस्थापनकाे लागि मानवसेवा आश्रम मानवता प्रवर्द्धन महाअभियान हाम्रो चाहना रहेकोे छ। मानव सेवा आश्रम लागि खाना नाना र छाना हाम्रो प्रतिबद्दता सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजाेर सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा एवम् कार्यान्वयन गर्ने हाम्रो अभियान रहेकोे छ।
धनगढी उप-महानगरपालिका वडा नम्बर १५ मा निर्माण हुन गईरहेकाे आश्रमकाे प्रदेश स्तरिय भवन जहाँ सुदुरपश्चिम प्रदेश २०० जानालाई सेवा प्रवाह गर्ने सक्ने क्षमताको मानवसेवा आश्रमको भवन निर्माणका लागि गरिएको छ। १०० जानाको आवासीय सुविधा सहितको मानवता अध्यन केन्द्र र १०० जानालाई सेवा दिन वसकिने क्षमताको जेष्ठ नागरिक मनोरंजन केन्द्र एक किसिमको जेष्ठनागरिक आमाबुबाहरुको लागि मन बहलाउन र उँहाहरुको जीवनको अनुभव सीप र ज्ञान हस्तान्तरण गर्ने स्थलत रहेको मानव सेवा आश्रम परिवारले बताएको छ।