युनिकोड    राशिफल    एफएम रेडियाे                        
121 पटक पढिएको

निमेन्द्र शाही
बाजुरा,१५ जेष्ठ
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तारे पछि उनको पार्टीमा किचलो शुरु भएको छ। मुख्यमन्त्री भट्टले नेकपा एमालेका प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र नेकपा माओबादी केन्द्रका मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । भने यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र माअबोदी केन्द्रका मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्य मन्त्री भट्टले प्रदेशको कमीटी संग कुनै पनि सल्लाह नगरी आफु खुशी मन्त्री मण्डल बिस्तार गरेको आरोप यहाँका नेताले लगाएका छन्। उनको पार्टीका सूदुर पश्चिम सह–इन्चार्ज खगराज भट्टले मन्त्री मण्डल बिस्तार पछिको पहिलो प्रतिकृयामा भने:‘सुदूरपश्चिमको पार्टीनेतृत्व लाई जोकरफाल्तु बनाएर यहाको पार्टी र संसदीयदलको चहाना र भावना लाई लत्याउदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रीपरिषद पुनर्गठन प्रक्रिया प्रति खेद ब्यक्त गरौं ।’
नेकपा माओबादी केन्द्रकी पर्देश कमीटी सदस्य र अनेम संघ केन्द्रीय सदस्य कमल कुमारी शाहले भनिन्:‘ देबकि मल्ल ,कुन्ति जोसि ,सान्ति नेपाली तपाईहरुको माओबादि नेतालाई चाकडि नपुगेकै होत? महिला मध्ये कै सुप बाट प्रतक्ष्य जितेको एकमात्रै महिला माननीय देबकि मल्ल मन्त्री बन्न लायक छैन,र नअटायकै हुन बाबरे अच्चम हेरन अच्चम।’
सह–इन्चाज इन्चार्ज भट्टले फेरी पष्ट्उँदै भने:‘मन्त्रीमण्डल मा नियुक्त सवै साथिहरु योग्य र बधाई का पात्र छदैछ्न उहाहरु लाई सफलताको शुभकामना तर बिधि पद्धतिको नौटङ्कि र सुदुरपश्चिम लाई हेप्ने मामला मा कुनै पनि पार्टिका शिर्ष नेताहरु कोहि भन्दा कोहि कम रहेनछन।’ उनले केन्द्रीय नेतृत्वले यो निणर्य गलत गरेको बताएका छन्।
एमाले स्थायी कमिटीले गत सोमबार माओवादी नेतृत्वको प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको र सरकारमा सहभागी मन्त्रीलाई सरकार छाड्न निर्देशन दिएका बेला मन्त्रिपरिषद् विस्तार गरिएको हो । एमालेबाट सहभागी गराइएका सबै मन्त्रीहरु माधव नेपाल समूहका हुन् ।


प्रदेशमा १७ जना महिला सांसद मध्ये देवकी मल्ल मात्र प्रत्यक्ष बाट जितेकी एक्ली महिला सांसद हुन् । मन्त्रालय हेरफेरको बेला अरु सबैको चर्चा चले पनि देवकीको चर्चा भएन । मन्त्री मण्डल बिस्तार पछि नेकपा माओबादी केन्द्रमा मन्त्री मण्डल बिस्तार बारे किचलो बढेको छ ।
आफु खुशी मन्त्री मण्डल बिस्तार भएको र प्रदेश कमीटीलाई कुनै पनि जानकारी नगराएको कुरा सूदुर पश्चिम प्रदेशका माओबादी नेताहरुको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!