
बाजुरा– पछिल्लो २४ घण्टामा कोरोना परिक्षण गार्दा संक्रमितको संख्या शुन्य भएको छ । परिक्षणको संख्या घटेसंगै संक्रमितको संख्या पनि सुन्यमा झरेको हो । शनिबार कोरोना संक्रमित नथपिए संगै संक्रसमितको संख्या यथावत रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
स्थानीय तहमा कोरोनाको परिक्षण दायरा घट्दा कोरोना संक्रमितको संख्यामा घटेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या चार सय ७५ जना रहेका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ८८ रहेको स्वास्थ्य कार्यलय बाजुराका कार्यलय प्रमुख दयाकृष्ण पन्त जानकारी दिएका छन् ।
चन्दले दिएको जानकारी अनुसार संक्रमित भएका चार सय ७५ जनामध्ये होम आइसोलेसनमा एक सय ८४ जना र चार जना आइसोलेसनमा उपचाररत रहेको बताए । कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई सय ८० पुगेको छ । कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ