बाजुरा- हिमाली गाउँपालिका वडा न. ५ किउडी गाउँकी ममिता ल्वार सुत्केरी हुन नसक्दा हेलिकप्टर मार्फत हवाई मार्फत उद्धार गरेका छन।
रुगिन स्वास्थ चौकी जानकारी बमोजिम स्वास्थ चौकी बाट आज बिहान ७ बजे तिर सुत्केरी ममिता ल्वारको रगत अत्यधिक बगिरहेको थियोे। उक्त रक्तचाप बढी भएर पटकपटक मुर्छा पर्ने गरेको र सुत्केरी लाई गाडी समेत बाट पठाउन नसकिएको अवस्था समेत रहेको बताए। जिल्ला प्रशासन बाजुरा र हिमाली गाउँपालिका कार्यालयको समन्वयमा सुत्केरी महिला लाई हवाई मार्फत सुर्खेतमा उद्धार गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।











