युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
422 पटक पढिएको

बाजुरा– जिल्लाको हिमाली क्षेत्रका भेडीगोठ आफ्नै गाउँतफ बेँसी झारिएर्का चसो बढेसँगै फर्काइन थालेको छन । जिल्लाका बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका अधिकांश स्थानीयवासीको मुख्य पेसा भेडाबाख्रापालन हो । उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडाबाख्रा पाल्न सहजताका लागि कात्तिकतिर गोठ बेँसी झार्ने गर्दछन।
अहिले बेँसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी–उत्तर क्षेत्रका बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका भेडीगोठ धमाधम गाउँ फर्काउन थालिएको छ।बूढीनन्दा नगरपालिका–९, पाण्डुसैनका भेडापालक प्रेमबहादुर थापाले मङ्सिर, पुस, माघ र फागुनलगायत हिउँदका केही महिना गाउँमा चिसो हुने हुँदा त्यो चिसो छल्न कात्तिक महिनामा भेडीगोठ बेँसी झार्ने गरिएको बताए। उनका अनुसार बेँसीमा अहिले गर्मी सुरु भएसँगै भेडीगोठ गाउँ फर्काउन थालिएको छ। भेडाबाख्रालाई गर्मीभन्दा त चिसो ठाउँमै बस्न सहज हुन्छ। हिउँदका केही महिना गाउँमा हिउँ पर्ने गर्छ। लामो समयसम्म हिउँ बिलाउँदैन। भेडाबाख्राले खानेकुरा सबै हिउँले पुर्छ। हिउँ परेपछि भेडाबाख्रालाई धेरै चिसो हुने र चरन टिपन गर्नसमेत समस्या हुने गरेकाले हिउँदका केही महिना बेँसीतिर भेडीगोठ झार्ने गरिएको थापाले बताए ।
पाण्डुसैनका अधिकांश किसानको भेडाबाख्रापालन मुख्य पेसा हो । पहिला गाउँका सबै वन खुला हुने गरेकाले उनीहरूलाई भेडाबाख्रापालनमा निकै सहज हुन्थ्यो। अहिले गाउँका ती सबै वन सामुदायिक भएपछि भेडापालकलाई भेडापालनमा निकै चुनौती थपिँदै गएको छ। पहिला बाजुराको बूढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामको साँफेबगर नगरपालिकाका केही वनसमेत खुला हुन्थे । उनीहरूलाई त्यो वनमा भेडाबाख्रापालन गर्न निकै सहज हुन्थ्यो। अहिले हिउँदमा हिमपातका डरले बेँसी झर्नुपर्ने, बेँसीमा पनि सामुदायिक वन उपभोक्ता समितिलाई महँगो कर तिर्नुपर्ने भएपछि भेडाबाख्रापालनमा चुनौती थपिएको प्रेम थापाले बताए। उनका अनुसार पहिले गाउँमा एकै परिवारले पाँच सयभन्दा बढी भेडाबाख्रा पाल्ने गर्थे। पहिले बेँसी झर्दा वनको समेत कर तिर्नु पर्दैनथ्यो।
अहिले भेडा वनमा पस्नेबित्तिकै सामुदायिक वनले समात्ने गरेको किसान थापाले बताए ।पछिल्लो समयमा भेडाबाख्रालाई चरिचरनमा समस्या भएपछि भेडाबाख्रा पाल्नेको सङ्ख्यासमेत निकै कमी हुँदै आएको अनुभव उनको छ।
भेडाबाख्रा वनमा पस्दा नयाँ हुर्किंदै गएका सबै बोटबिरुवा नष्ट पार्ने भएकाले वनमा भेडाबाख्रा चराउन बन्देज गरिएको वन उपभोक्ता समितिले बताउने गरेको छ। बूढीनन्दा नगरपालिका–९ का वडाध्यक्ष मानबहादुर रावतले बूढीनन्दा नगरपालिकाका अधिकांश स्थानीयको भेडाबाख्रापालन नै मुख्य पेसा भएकाले यसलाई थप प्रोत्साहन दिँदै जानुपर्ने बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!