
राजेन्द्र बहादुर रोकाया– जिल्लाको त्रिबेणी नगरपालिकामा १५ शैयाका कोभिड अस्पता संचालनमा आउने भएको छ । नगरपालिकामा आईतबार देखी कोभिड अस्पताल संचालनमा ल्याउने तयारी भईरहेको त्रिबेणी नगरपालिकाका स्वास्थ्य संयोजक चिरन्जिवि शाहले बताउनुभयो । कोभिड अस्पताल संचालनका लागी आवश्यक पर्ने सबै सामाग्री नगरपालिका पुगिसकेको संयोजक शाहले बताउनुभयो ।
कोरोना भाईरस कोभिड १९ को जोखीम दिन प्रतिदिन बढीरहेको समयमा नगरपालिकाले जनताको स्वास्थ्यको सुरक्षाको लागी कोभिड अस्पताल संचालनमा ल्याउने तयारी भैरहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिह रावलले बताउनुभयो । उक्त १५ शैयाको कोभिड अस्पताल जिल्लाका सम्बन्धीत निकाय संगको समन्वयमा आईतबारदेखी संचालनमा ल्याउने तयारी भईरहेको त्रिवेणी नगरपालिका नगर उप प्रमुख राधिका सुनारले बताउनुभयो ।
उप–प्रमुख सुनारका अनुसार कोभिड अस्पताल संचालनका लागी आवस्यक पर्ने स्वास्थ्यकर्मिको पनी ब्यबस्था भईसकेको बताउनुभयो । उक्त कोभिड अस्पताल संचालनको लागी डक्टर शलिना श्रेष्ठ नगरपालिमा हाँजिर भईसकाको उप–प्रमुख सुनारको भनाई छ ।
नगरपालिकामा अहिले सम्म ८६ जननाको मात्रै कोरोना परिक्षण गरिएको छ । ८६ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्ठि भएको त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङकमा रहेको छ । अहिलेसम्म नगरपालिकामा २५ वटा किट मात्रै मौजात रहेका छन् ।