बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा कुण्डा क्षेत्रमा कृषि, जल पर्यटन तथा सांँस्कृतिक महोत्सव तयारीको काम बाडफाड गरेका छन।
चैत २३ गते बसेका बैठक अनुसार हिमाली गाउँपालिकामा नयाँ वर्षको बैशाख ४ गतेबाट हुने “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ महोत्सव सुरु गरेन भएको छ। कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा वडा अध्यक्षको संयोजगतवमा उपसमिति गठन गरे वडा नम्बर १लाई बालो नाच वडा नम्बर २ लाई चाली वडा नम्बर ३ लाई भोटेसेलो वडा नम्बर ४ देउडा वडा नम्बर ६ मा मंच व्यवस्थापन र मुझेरा वडा नम्बर ७ मा हुडके नाच जिम्मेवार दिएका निर्णय पारित गरेका छन।
स्थानीय सामाग्री जडिबुटी स्टल प्रदर्शन तयारी जडिबुटी, बनस्पति, रैथाने बाली, डोका चित्रा, मह र केतुके अन्य सामाग्री महोत्सवमा झल्काउने तरिकाले तयार गरिने भएको छ। महोत्सव सञ्चालन गर्न बजार व्यवस्थापन तथा सरसफाइ सम्बन्धि कामको जिम्मेवारी दिएको पनि बताएको छन। गाउँपालिकामा सञ्चालन महोत्सवमा कृषिजन्य उपजको प्रदर्शन गर्न पालिकाको कृषि बिकास शाखा प्रमुख लाई जिम्मेवार दिएको छन। कुण्डा क्षेत्रमा रहेको धार्मिक, सांँस्कृतिक, पर्यटन एवं जैविक विविधता र ऐतिहासिक पुरातात्त्विक क्षेत्रको एकीकृत विकासका साथै कर्णाली नदीको संरक्षण सम्बर्द्धन र उपयोग गरी जल पर्यटन प्रबर्द्धन गर्नका लागि महोत्सव सञ्चालन गरिने भएको छ।
नेपाल पर्यटन बोर्ड, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेशको समन्वय र सहकार्य गरिएको छ। बाजुरा कुण्डा क्षेत्रमा पहिलो पटक सांस्कृतिक महोत्सवको कार्यक्रम गरिने भएको छ। कुण्डा क्षेत्रमा कृषि, जल पर्यटन तथा सांँस्कृतिक महोत्सव कार्यक्रम बैशाख ४ गते हिमाली गाउँपालिकामा महोत्सव सञ्चालन गरीने भएको छ। बाजुराको सम्भावना, प्राकृतिक स्रोत साधान, ऐतिहासिक तथा धार्मिक महत्व र बाजुराका रहन सहन, रीतिरीवाज र संस्कार संस्कृतिलाई प्रदर्शन गराउन निम्ति महोत्सवको संचालक गरिने आयोजकले बताए।
महोत्सवमा प्रत्यक स्थानिय तहका विभिन्न किसिमका स्थानिय स्तरका चिनारी, विभिन्न कृर्षि उत्पादित वस्तु, पर्यटन तथा धार्मीक स्थल, सभ्यता संस्कृति, भेषभुषा लगायतका स्थानिय स्तरका विभिन्न कला प्रर्दशन गरीने पनि जनाएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा बैठक सञ्चालन गरिएका छन। निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्ल महोत्सव समन्वय संचालक समिति सदस्य दल बहादुर मल्ल कृषि विकास शाखा प्रमुख टोपबहादुर शाही बजार व्यवस्थापन समिति अध्यक्ष राज बहादुर कार्की वडा अध्यक्ष तथा कार्यपालिका सदस्य लगायत पालिकाका कर्मचारी सहभागिता बैठक सञ्चालन गरिएको महोत्सव संचालक समितिले बताएका छन।











