बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नि: शुल्क ३ दिने बृहत स्वास्थ शिविर संचालन गरिने भएको छ।
व्याक टु लाइफको आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक आयोजनामा र हिमाली गाउँपालिका बाजुराको समन्वय एवं साझेदारीमा नि: शुल्क ३ दिने बृहत स्वास्थ शिविर संचालन गरिने भएको छ। गाउँपालिकाका स्थानीयहरु लाई विशेषगरी पहिलो प्राथमिकता दिइने भएको छ। शिविर संचालनमा स्त्रीरोग परिक्षण रुप नाक, कान, घाटी सम्बन्धि रोगहरुको परिक्षण बालबालिकाको शारीरिक व्यावहारिक तथा मानसिक अवस्थाको परिक्षण गरिने, मुटुरोग परिक्षण, भिडियो एक्सरे सेवा, सामान्य स्वास्थ परिक्षण विशेषज्ञ डाक्टरहरु मार्फत उपलब्ध सेवा गराइने भएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताए।
चैत २८ गते सुचना गरे अनुसार नयाँ वर्षको बैशाख २६ गतेदेखि २८ गतेसम्म बिहान ८ बाट साझा ५ बजेको समय अबधि भर शिविर संचालन गरिने भएको छ। गाउँपालिकाको केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालय भवनमा स्वास्थ शिविर कार्यक्रम हुनेछ। परिक्षण गरिएका बिरामीहरुको थप उपचार गर्नुपर्ने अवस्था देखिएको बिरामीको अवस्था हेरी सम्बन्धि स्वास्थ संस्थामा प्रेषित गरिने भएको हेरेन्डेक नेपाल मुगु स्वास्थ शाखा प्रमुख पहलमान रोकायाले बताएका छन।
गाउँमा रहेका रोगीहरुलाई शिविर सम्बन्धि रोग भएका बिरामीको नि: शुल्क शिविर चेकजाँच सहित औसधि उपचार गरिने भएको छ। गाउँपालिका सबै वडामा भएका गाउँ, बस्तीमा रहेका सर्वसाधारण देखि मध्य स्तरका मान्छेलाई नेपालगन्ज, काठमाडौ ठुलो सुविधा सम्पन्न ठाउँमा गरिने उपचार गाउँपालिका केन्द्रमा शिविर सेवा प्रधान गरिने स्वास्थ शाखा प्रमुख मल्लले बताए।











