बाजुरा- रानी जस्तै सुन्दर हिमाली गाउँपालिकाको रानीसैन, राज्यको नजर नहुदा विकास, संरक्षणको संगै पर्यटनको पर्खाइमा रहेकोे छ।
हिमाली गाउँपालिकाको रानीसैन रानीसैन बाजुरा जिल्लाको हिमाली गाँउपालिकामा पर्छ। बाजुरा र हुम्ला जिल्लाको सिमानामा पर्ने कवाडी खोलाको हो, रानीसैन हिमताल । रानीशैन अर्थात् अति नै सुन्दरताले भरिएको रानी जस्तै सुन्दर मनमोहक दृश्यको साथमा आफूलाई प्रस्तुत गरेको र स्वर्गजस्तै सुन्दर हिमाल र हिमतालहरू भएकाले रानीसैन भनेर चिनिएको स्थान हो। हिमाली गाउँपालिकाको रानीशैन बाजुरा, हुम्ला र बझाङ जिल्लाको सिमानाले जोडिएको छ। समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको विभिन्न प्रजाति र रंग भएका चौंरीको वासस्थान साथै घोडा, भेडा बाख्राहरुले बन नै ढाकिने सेता काला बथानले छुट्टै आनन्द दिने गर्दछ।
जहाँ जाउँ उतै प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिने गर्दछ रानीसैन पाटन र हिमताल साथै झरनाहरु अवलोकन गर्न सकिन्छ। हिमाल र पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याए जस्तो भान हुने गर्दछ रानीसैन। त्यहाँ पाइने हरेक जीवजन्तु, पशुपंछी, बोटविरुवाले त्यत्ति नै सुगन्ध र रमणीय बनाउने गरेका छन्। पश्चिममा अपि सैपाल हिमालको हिउँले ढाकेको छ। भने फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल रहेको दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ ।
होचो हिमाल नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस र फुलै फुलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेल सम्म धीत मर्नेगरी हेर्नको लागि अति नै राम्रो छ। जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँच औँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइने बाजुरा हुँदै बग्ने कुवाडी नदीको मूल पनि अपि सैपालको हिउँ र हिमताल नै हो। हालसम्म त्यति धेरै बाह्य पर्यटकलाई यस क्षेत्रमा ल्याउन सकियको छैन बिकासको पर्खाई मै रहेको छ। पर्यटकीय पदमार्ग र पर्यटकीय सडक साथै होमस्टे र इकोभिलेजको बिकास गर्न सकिए यहाँका नागरिकको आय आर्जन बढ्ने र गरिवी एवं कुपोषणलाई घटाउन सकिने छ।
कसरी पुग्ने रानीसैन ?
बाजुराको हिमाली गाउँपालिका सँगै हुम्ला र बझाङबाट रानीसैन पुग्न सकिन्छ । सबै भन्दा सहज बाजुरा बाटै हुन्छ । सडक सञ्जालबाट आउने हो भने सुर्खेत हुँदै कर्णाली करिडोरबाट सिधै करिव १०/११ घण्टामा हिमाली गाउँपालिका केन्द्र पुगिन्छ भने हवाई जहाजमा नेपालगन्ज बाट कोल्टी विमानस्थल र कोल्टी बाट ४५ मिनेट जीपको यात्रा मार्फत गाउँपालिका केन्द्र पुग्न सकिन्छ । रानी सैनसम्म यातायातको साधन नभएको एवं हिमाली गाउँपालिका केन्द्र | देखि ३ दिनको पैदल दुरी हुँदै बिचमा युना बौड़ी, गुम्बा लाम्पाटा लगायतका बस्ति हुँदै रानीसैन पुगिन्छ। त्यस भन्दा माथि खर्क गोठालो लाग्ने ठाउँमा बस्न र खाने कुरा पाउन सकिन्छ । केहि बन्दोबस्तीका सामग्री भने आफैँले बोकेर हिँड्नुपर्छ । बाजुरा रहेको एक पर्यटक स्थल रानी सैन राज्यको नजर नपरेको संगै बिकास र संरक्षण संगै पर्यटनको पर्खाइमा रहेको छ।