प्रकाश शाह ज्यु,
माननीय मन्त्राी, अार्थिक मामिला मन्त्री सुदुरपश्चिम प्रदेश ।
बिषय- डाब खप्तड सडक खण्ड निर्माण बारे।
श्रीमान तपाईं म बस्ने जिल्ला बाजुराको एक भबिस्य हो भन्ने कुरामा कुनै दुई मत नै छैन । बिगत करिब २ दशक बाट निर्माण थालिएको डाब – खप्तड पर्यटक रोड को स्थिति हेर्दा आखा रसाउछ। जनताले गाडी आउँछ, बिकास आउँछ भन्ने नाममा आफ्नो मानो भात खाने जमिनलाइ सडकमा परिणत गर्न तयार भय। आश थियो गाडी आउँछ। कयौं सरकार फेरिए, तर केन्द्रिय सरकार,प्रदेश र स्थानिय सरकार बाट कहिलै डाब-खप्तड पर्यटन रोडको बारेमा कहिलै चासो दिइयन। बाजुराको आधा बुढिगङ्गा नपा र आधा छेडेदह गाउँपालिका छोएर जाने यो सडक खप्तड पर्यटन क्षेत्रको लागि सबैभन्दा छोटो मार्ग हो । त्यसैले यसपालि केन्द्रिय सरकारले हेपेको र तपाईंको कार्यकालको पनि अन्तिम अन्तिम धडिमा आउँदा डाब खप्तड पर्यटन रोडलाई न्याय दिनु हुनेछ भन्ने बिस्वास लगेको छु।
उहीँ तपाईंको सुभचिन्तक
रुगम रावल
बुढिगङ्गा न.पा. १० बाजुरा