
बाजुरा:– लोकतन्त्र बिहानी मिडिया हाउसद्वारा सञ्चालित लोकतन्त्र बिहानी अनलाइन न्युजको जुम मार्फत सोमबार एक कार्यक्रमका साथ उद्घाटन सम्पन्न भएको छ । सहि सुचना सत्य समाचारको नारा सहितको अनलाइनको बिधिवत रुपमा उद्घाटन सम्पन्न भएको हो ।
लाेककतन्त्र बिहानी मिडिया हाउसका अधयक्ष देवराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डितले गर्नु भएको हो । कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथीले बाजुरा जस्तो दुर्गम जिल्लामा पत्रकारिता गर्न निकैै नै चुनौति भएकोले नेपाली काँग्रेस सधै पत्रकारको साथमा रहेको बताए । अनलाँइनकाे उद्घाटन ब्यानेर पढेर प्रमुख अतिथी कविराज पण्डितले गर्नु भएकाे थियाे ।
उद्घाटन कार्यक्रमा नेपाली काग्रेस बाजुराका सभापति कविराज पण्डित प्रमुख अतिथी रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाली काँग्रेस महासमिति सदस्य जुना दानी, बडिमालका नगरपािलकाका मेयर पदम बडुवाल, उप–मेयर कविता बिष्ट र खप्तड छेडेदह गाँउपालिकाकी उपाध्यक्षा कुन्ती बुढा (साँउद), नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव रनसिँह ऐडी, नेपाल पत्रकार महासंघ बाजुराका अध्याक्ष छक्क मल्ल लगायतका बिशिष्ट अतिथी रहनु भएको थियो ।
नेपाल महिला संघकी जिल्ला अध्यक्ष अमृता सिँह, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रेम राैले, नेपाल बिद्दार्थी संघका कार्यबाहक अध्यक्ष जनक थापा, नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समितिका अध्यक्ष लोकेन्द्र बुढा लगायत अतिथी रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथीले शुभकामना मन्तब्यमा पत्रकारहरुले समाजका घटनाहरु सत्य तथ्य रुपमा पर्दामा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो । बिकासमा नाममा भ्रष्ट्राचारीको बिगबिगी भएकोले यस्ता कार्यको कुनै पनि डर त्रास नमानी पत्रकारले लेख्नु पर्ने कुरामा नहडबडाउन अनुरोध गरे । बडिमालिका नगरपालिकाको तालिम हलबाट संचालन भएको उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुलाई कुनै पनि दैविक प्रकोप, महामारी र राजनितक उदण्डतामा पनि फन्टलाइनमा खटेर काम गर्नु पर्ने भएको हुदा सम्बन्धीत निकायहरुले साथ दिनु पर्ने कुरामा जोड दिए ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै बिशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रीय अधयक्ष बद्री सिग्देलले बाजुरा जस्तो दुर्गम जिल्लामा पत्रकारहरुले चुनौति बोकेर पत्रकारिता गर्नु पर्ने एक ठाँउमा छ भने त्यसैमा जिल्लामा क्रियाशिल पत्रकारहरु र मिडियाहरु जन्मिनुमा दुर्गमको प्रतिनिधित्व गर्ने स्थानिय तहहरुले पनि पत्रकारको पेषागत सुरक्षामा ध्यान दिनु पर्ने केरामा जोड दिए । कार्यक्रमलाई रेडियो पौरखी ९०.४ मेगार्हले प्रत्यक्ष प्रसारण गरेको थियो ।
औपचारिक जुम मार्फत संचालन भएको स्वागत मन्तब्य लोकतन्त्र बिहानी नयुजका प्रवन्धक एबम् कार्यकारी सम्पादक राम बहादुर दानीले गरेका हुन भने कार्यक्रमको संचालन अनलाइनका सह–सम्पादक राजेन्द्र राेकायाले गरेका हुन ।