
राजेन्द्र बहादुर रोकाया– जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाजुराको दोस्रो पटकको संयुक्त बजार अनुगमनमा नियमको अवेज्ञा गरेको भन्दै ८ ब्यापारीलाई ३ दिन भित्र प्रशासनमा उपस्थित हुनुपर्ने बताईएको छ । जिल्लाको बाम्का बजार र ताँप्रिसेरा बजारका ब्यापारीले जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाजुराको नियम नमान्ने ब्यापारीलाई नियम अुसारको कार्वाही गरिने घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कार्यालय प्रमुख मानबहादुर चाडले बताउनुभयो ।
ब्यापारीले नियमअनुसार साइन बोर्ड नराखेको मुल्य सुचि नराख्ने ८ ब्यापारीलाई ३ दिन भित्र प्रशासनमा उपस्थित हनु अनुरोध गरिएको कार्यालय प्रमुख चाडले बताए । घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कार्यालय प्रमुख मानबहादुर चाड, नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्ल, जिल्ला प्रशासन कार्यालय बाजुराका रामकुमार चौधरी लगाएतको सहभागीतामा उक्त निर्णय भएको हो ।
अनुगमनमा १० हजार बराबरको अखाद्य बस्तु बरामत पछी नष्ट
जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाजुराको दोस्रो पटकको संयुक्त बजार अनुगमन गरेको छ । अनुगमनमा १० हजार बराबरका अखाद्य बस्तुहरु बरामत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्यूटर अप्रेटर मानबहादुर रावलले बताउनुभयो । रावलका अनुसार जिल्लाको बाम्का बजार र ताँप्रिसेरा बजार क्षत्रमा अनुगमन गरिएको हो ।
नयाँ भेरिएन्टको कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर फैलिरहेको समयमा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाजुराको दोस्रो पटकको संयुक्त बजार अनुगमनलाई तिब्रता लिरहेको छ । ब्यापारीले नियम अनुसार पसल संचालन गर्न जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाजुराले अनुरोध गरिएको छ ।