काठमाडौं–प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गर्दैछन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा हुने विरोध कार्यक्रम आजबाट एक हप्तासम्म सन्चालन हुने छ ।
एशोसिएसनले यसअघि पत्रकार सम्मेलन गरेर र त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश छिटो नियुक्त गर्न ध्यानाकर्षण गराएको थियो ।
लगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संवैधानिक परिषदको बैठक आह्वान गरेका थिए । तर बैठकमा सहमति नजुटेपछि थप न्यायाधीश सिफारिस हुन सकेको थिएन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषदमा अध्यक्षको असहमतिका बाबजुद बहुमतले निर्णय गर्नसक्ने प्रावधान राख्नुपर्ने अडान लिएपछि संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा न्यायाधीश नियुक्तिमा पनि विलम्ब भएको छ ।
न्यायपालिका १४ महिनादेखि नेतृत्वविहीन भएपछि नेपाल बार एशोसिएसनले आज बिहान ११ बजे विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
113 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs