अशाेक कुमार शाही (कालिकाेट)
१७ जेठ- नेपाली कांग्रेस कालिकोटले काेभिड-१९ विषेश अस्पताललाई २ किलाे वाट बत्तिकाे सहयाेग गरेकाे छ ।
बत्तिकाे अभावमा काेभिड अस्पतालमा थन्किएका भेन्टिलेटर सहितका अाईसियु व्यड र अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित अक्सिजन संचालनमा सहयाेग हाेस् भनी, दुईकिलाेवाट बत्तिकाे सहयाेग गरेकाे नेपाली कांगे्शका नेता नन्दबहादुर शाहीले जानकारी दिएका छन ।
उनका अनुसार जिल्ला सभापति अर्षबहादुर बमकाे विशेष पहलमा नेपाली कांग्रेसका पार्टी सहसचिव तथा निर्वाचन क्षेत्र (ख )का सभापति दमनबहादुर शाही , जिल्ला पार्टी सचिव एशाेधा शाही, र नेता नन्दबहादुर शाहीले साेमबार अस्पतालमै पुगेर काेभिड अस्पतालका डाक्टर किरन शाही लाई हस्तान्तरण गरिएकाे हाे ।