बाजुरा – जिल्लामा बार्जु महोत्सव आजबाट बाजुराको फालासैनमा शुरु भएको छ । बुधबार शुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गर्नु भएको हो । बार्जु सभ्यताको पहिचान ,समृद्धिको सहयात्रा भन्ने मुल नारा सहित बार्जु महोत्सव एक औपचारिक कार्यक्रमका साथ सचालन गरिएको शुदुर साहित्य प्रतिस्ठान बाजुराले जनाएको छ । शुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजना तथा बुढिगगा र त्रिवेणि नगरपालिकाको प्रबर्द्धकमा महोत्सवको आयोजना गरिएको हो।
बार्जु महोत्सव फालासैनमा शुरु ,मुख्य मन्त्री शाहले गरे उद्घाटन
बाजुरा,२० बैशाख : बार्जु महोत्सव आजबाट बाजुराको फालासैनमा शुरु भएको छ । बुधबार शुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गर्नु भएको हो । बार्जु सभ्यताको पहिचान ,समृद्धिको सहयात्रा भन्ने मुल नारा सहित बार्जु महोत्सव एक औपचारिक कार्यक्रमका साथ सचालन गरिएको शुदुर साहित्य प्रतिस्ठान बाजुराले जनाएको छ । शुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजना तथा बुढिगगा र त्रिवेणि नगरपालिकाको प्रबर्द्धकमा महोत्सवको आयोज गरिएको
बाजुराको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको रहेको छ । स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको छ ।
आजबाट संचालन भएको महोत्सव ३० गते सम्म चल्नेछ । महोत्सवमा नायिका रेखा थापा, लगायतका २० भन्दा बढी राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै ५० बढी स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहनेछन् । महोत्सवमा स्थानीय उत्पतित बस्तुको पर्दशन संगै स्थानीय झाकीहरु समेत प्रस्तुत गरिने बताइएको छ । साझा सहमति सहकार्य र एकताका माध्यमबाट आयोजित प्रथम बार्जु महोत्सवलाई धेरौले केही सिक्ने, केही सिकाउने यात्रा, विकास र समृद्धिको अभियान,गीत, संगीत र कला साहित्य अनि भाषा सँस्कृतिको प्रवर्द्धन,विकास, समृद्धि र मनोरञ्जन अनि व्यवसायीक उत्सव बार्जु महोत्सव समेत भनेका छन् । यो बिगतको भन्दा नयाँ सुरुवात हो पनि भनेको पाइन्छ ।
कुल ५० लाख भन्दा लगानी गरेर आयोजना गर्न लागिएको महोत्सवमा करिब ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आकलन आयोजकले गरेको छ । एक औपचारिक कार्यक्रमका बिच सुदुर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा उद्घाटन गरिएको बार्जु महोत्सवको प्रमुख अथिती सुदुर पश्चिम् प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह रहेका थिए ।
कार्यक्रममा बिशिस्ट अथिती प्रदेश सभा सदस्य पदम बहादुर शाही, प्रदेश सभा सदस्य जुना दानी, रहेका थिए । कार्यक्रममा अथिती जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुक, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित राजनीति दलका प्रमुख एवम् प्रतिनिधि,पत्रकार, कलाकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य आयोजक मुल कमिटीका संयोजक नरेन्द्र थापाले राखेका थिए भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचीव एवम् पत्रकार कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा प्रमुख अथिती बिशिस्ट अथिती, अथिती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य राख्ने वक्ताहरुले यो महोत्सव अहिलेसम्मकै साझा अभ्यास रहेको बताउदै आयोजक कमिटीलाई धन्यवाद दिएका थिए । राजनीति दलिय प्रवृत्ति बाट माथी उठ्न सकेमा मात्र जिल्लाको बिकास गर्न सहज हुने वक्ताहरुको भनाई थियो । जिल्लाको बिकासका लागि सवै राजनीति दलहरू साझा, सहमति सहकार्य र एकताका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहेका प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले महोत्सवको आयोजना गर्ने आयोजक कमिटीलाई धन्यवाद दिदै यो महोत्सवले जिल्लाको समग्र बिकासमा टेवा पुग्ने बिश्वास व्यक्त गरेका थिए । पुछारमा रहेको बाजुरालाई अगाडि ल्याउन महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने बताउदै मुख्य मन्त्री शाहले बाजुराको विकासका लागि मुख्य मन्त्रीको हैसियतले आवस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पिछडिएको र पछाडि पारिएको बाजुरा जिल्लालाई अन्य जिल्लाको बराबरीमा ल्याउन प्रदेश सरकारले मुख्य प्रथामिकतामा राखेर बजेट बिनियोज गर्ने पनि उनले बताएका हुन् ।
यसैबिच भोलि अर्थात बिहिवार बहुचर्चित आधुनिक गायिका एलिना चौहान, ज्ञानेन्द्र गिरी, लालबहादुर थापा लगायतको प्रस्तुति रहने भएको छ । यो संगै स्थानीय झाकीहरु समेत भोलि प्रस्तुत गरिने बताइएको छ । समृद्धिका लागि सम्बाद अन्तरगत बिहिवार बाजुराको बिकासमा जनप्रतिनिधिको भुमिका बिषय सम्बाद समेत हुनेछ । जसको सहजीकरण पत्रकार मदन राज जोशीले गर्नेछन्