बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नि: शुल्क स्वास्थ शिविर संचालन गरिने भएको छ।
व्याक टु लाइफको आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक आयोजनामा र हिमाली गाउँपालिका बाजुराको समन्वय एवं साझेदारीमा नि: शुल्क स्वास्थ शिविर संचालन गरिने भएको छ। गाउँपालिकाका भवानी माध्यमिक बिधालय भवनमा मंग्लवार बाट स्वास्थ शिविर सञ्चालन गरिएको छ। शिविर संचालनमा स्त्रीरोग परिक्षण रुप नाक, कान, घाटी सम्बन्धि रोगहरुको परिक्षण बालबालिकाको शारीरिक व्यावहारिक तथा मानसिक अवस्थाको परिक्षण गरिने, मुटुरोग परिक्षण, भिडियो एक्सरे सेवा, सामान्य स्वास्थ परिक्षण विशेषज्ञ डाक्टरहरु मार्फत उपलब्ध सेवा संचालन भएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताए।
बैशाख २६ गतेदेखि बिहान ८ बजेको समय शिविर संचालन गरिएको छ। शिविर आएको बिरामीलाई परिक्षण गरिएका मान्छेहरुको थप उपचार गर्नुपर्ने अवस्था देखिएको बिरामीको अवस्था हेरी सम्बन्धि स्वास्थ संस्थामा प्रेषित गरिने भएको हेरेन्डेक नेपाल मुगु स्वास्थ शाखा प्रमुख पहलमान रोकायाले बताएका छन।
दुर्गम गाउँमा बस्तीमा रहेका रोगीहरुलाई शिविर सम्बन्धि रोग भएका बिरामीको नि: शुल्क शिविर चेकजाँच सहित औसधि उपचार गरिएको छ। गाउँपालिका सबै वडामा भएका गाउँ, बस्तीमा लगायत मुगु र हुम्ला जिल्ला स्थानीय सर्वसाधारण देखि मध्य स्तरका मान्छेलाई उपचार गर्नको लागि नेपालगन्ज, काठमाडौ ठुलो सुविधा सम्पन्न ठाउँमा गरिने उपचार गाउँपालिका केन्द्रमा रहेकोे भवानी माध्यमिक बिधालय भवनमा स्वास्थ शिविर गरिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रेमकला प्रमुख मल्लले बताए।











