बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा रहेको युना आधारभुत बिधालय लाई माध्यमिक बिधालय सञ्चालन गरेका छन।
यूना गाउँमा रहेको बिधालय २०४६ सालमा बिधालय स्थापन भएको हो। बिधालय सञ्चालन भएको लामो समय पछि माध्यमिक बिधालय सञ्चालन हुँदा स्थानीय लगायत बिधालय परिवार खुसी भएको बिधालय प्रधानाध्यापक पदम रोकायाले बताएका छन। नयाँ वर्ष शैक्षिक सत्र संगै जेष्ठ २ गते औपचारिक कार्यक्रम गरेर माध्यमिक बिधालय सञ्चालन गर्न हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको उद्घाटन गरेका छन।
बाजुराको दुर्गम यूना गाउँ माध्यमिक बिधालय सञ्चालन हुँदा स्थानीय बासिन्दा खुसी व्यक्त समेत गरेको बताएका छन। विगत लामो समय देखी गाउँ आधारभुत बिधालय सञ्चालन भएको हुँदा बिधालय माध्यमिक शिक्षा अध्यन गर्न बिच्छ्या माध्यमिक तथा कोल्टीको जन प्रकाश माध्यमिक बिधालय दुई तिन दिन लगाएर गाउँ भन्दा टाढा गएर अध्यन गर्नु पर्न अवस्था थियोे। अब गाउँमा माध्यमिक बिधालय सञ्चालन हुँदा अहिले कक्षा आठ मा अध्यन गर्न विद्यार्थी भाइबहिनी लाई पढेको बिधालयमा माध्यमिक बिधालय सञ्चालन भइ पठनपाठन समेत सुरुवात गरेको छ। तल तह बाट माध्यमिक शिक्षा प्रवेश गर्न भाइबहिनीहरु लाई स्वागत समेत गरेको बिधालय परिवारले बताएको छ।
गाउँमा माध्यमिक बिधालय नहुदा कतिपय बालबालिका स्कुल छोड्नु पर्ने अवस्था रहेकोे थियोे। गाउँ बाट खाने रासन पानी बोकेर घर देखी दिनहुुँ पैदल यात्रा गरेर पढाई को लागी जानु बाध्यता थियोे। बिधालय पहलमा स्थानीय सरकार हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा विशेष समन्वय गरेर मान्यता प्राप्त गराइएको हुँदा यही शैक्षिकसत्रदेखि गाउँमा रहेकोे आधारभुत बिधालय लाई माध्यमिक कक्षा सञ्चालन गराइ पठनपाठन सुरु गरिएको प्रधानाध्यापक पदम बहादुर रोकायाले बताए।
उक्त कार्यक्रम सभा अध्यक्ष बिधालय व्यवस्थापन समिति अध्यक्ष सुपधरा बुढा अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको छ। प्रमुख अथिति हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अथिति हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, अथिति हिमाली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जोख्या भण्डारी र वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढा र बिधालय प्रधानाध्यापक पदम बहादुर रोकाया लगायत शिक्षक, विद्यार्थी, अभिभावक सहितको बाक्लो सहभागिता माद्यामिक बिधालय सञ्चालन कार्यक्रम गरिएको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन।