बाजुरा- हिमाली गाउँपालिका धुलाचौर भएको भवानी माध्यमिक बिधालयमा स्वास्थ तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ।
२०८० सालको पोषण सप्ताह कार्यक्रम देश भर भैरहेको छ। बुधबारको दिनमा हिमाली गाउँपालिका धुलाचौर भएको भवानी माध्यमिक बिधालयमा स्वास्थ तथा पोषण कार्यक्रम तथा बिधालय पोषण सप्ताह भव्य रूपमा सम्पन्न गरेका छन। जिल्ला भित्रका सुपरभाइजर मार्फत पोषण सप्ताह कार्यक्रम तिव्र स्तरमा गरिएको छ।
हिमाली गाउँपालिका आयोजना र एकीकृत विकास समाज नेपाल बाजुरा सहयोगमा यो कार्यक्रम गरिएको छ। भवानी माध्यमिक बिधालय विद्यार्थी लगायत चार बिधालय विद्यार्थी संगै राखेर लाइनमा पोषिलो जाउलो प्रदर्शन कार्यक्रम गरेका छौँ। हरेक बार खाना चार भन्ने मुल नाराका साथ अभियान गरिएको छ।
जुका किराले संक्रमणले के कति असर हुनुका साथै कति किसिमको हुन्छ भन्ने विषयलाई अन्तरक्रिया गरेका छौँ। बिधालय विद्यार्थी हरुलाई २ सय ५६ वटा जनालाई जुका औषधि खुवाएको छ। बिधालय बालबालिका स्वास्थ परिक्षण आखा, कान, उचाई, तौल र दात शारीरिक चेकजाँच समेत गरेको छ। स्वास्थ कर्मचारी ठुलो भुमिका काम भएको छ। बिधालय स्वास्थ्य पोषण सप्ताह बिधालयका विद्यार्थी बालबालिका हरुलाई धुलाचौर बजार परिक्र पोषण सम्बन्धि विभिन्न नाराका र्याली मानवको थियौ।
बिधालय भवानी माध्यमिक बिधालय, चण्डीका आधारभुत बिधालय, बडिमालिका माध्यमिक र शैलेश्वरी माध्यमिक बिधालयका विद्यार्थी भाइबहिनी हरुलाई सहभागिता बनाएर हाजिरजबाफ कार्यक्रम गरिएको छ। प्रथम हुने बडिमालिका माध्यमिक बिधालय दितिय स्थान भवानी माध्यमिक बिधालय तृतीय स्थान शैलेश्वरी माध्यमिक बिधालय विद्यार्थी हरुलाई पुरस्कार समेत वितरण गरेका छन।
कार्यक्रम सभा अध्यक्ष भवानी माध्यमिक बिधालय निमित्त प्रधानाध्यापक झरिलाल यादव अध्यक्षतामा कार्यक्रम गरिएको छ। प्रमुख अथिति आइ. डि. एस. नेपाल संस्था बाजुराका संयोजक प्रेम प्रसाद खनाल रहनु भएको छ। हिमाली गाउँपालिका फिल्ड सुपरभाइजर भिम प्रसाद पाण्डे लगायत शिक्षक विद्यार्थी बाक्लो उपस्थितिमा बिधालय स्वास्थ पोषण सप्ताह कार्यक्रम गरिएको छ।
कार्यक्रम प्रमुख अथिति बोल्दै पोषण कमि भएको कारणले गर्दा रोग आक्रमण गर्न गर्छ। एउटै शिक्षा मात्र भएर सबै पुग्दैन उनको भनाइ छ। शिक्षा संगै शारीरिक स्वास्थ रहन जरुरी रहेकोे छ। कार्यक्रम आयोजक र सहयोग गर्ने संस्थालाई धन्यवाद सहित व्यक्त गरेका छन। कार्यक्रम संचालक भवानी माध्यमिक बिधालय शिक्षिका देवु मल्लले गर्नु भएको आइ. डि. एस. नेपाल हिमाली गाउँपालिका फिल्ड सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन।











