बाजुरा- हिमाली गाउँपालिका वडा न.२ कोट गाउँमा रहेको नेपाली हाते कागज उत्पादनले बजारीकरण नपाउदा घरमै थन्किएको छ।
गाउँमा विगत २०७२ साल बाट नेपाली हाते कागज उद्योग स्थापना गरेको हो। उक्त उद्योगमा सुरुमा ६ लाख बराबरको लगानी गरी सञ्चालन गरिएको छ। चाहिने सामाग्री काठमाडौ खरिद गरी गाडी पुग्ने ठाउँ सम्म ल्याएको हो। सोही ठाउँ बाट मान्छे लगाएर पैदल यात्रा गर्दै गाउँमा ल्याएर उद्योग सुरु गरिएको धनविर बुढाले बताएका छन।
कच्चापदार्थ गाउँमा रहेकोे जङ्गल भित्र प्रशस्त रूपमा पाइन्छ। उक्त समान खरिद गर्न जिल्ला बाट पुर्जा काटेर गाउँका स्थानीय लाई जङ्गल बाट संकलन गर्न पठाउने गरेको छौँ। घरमा ल्याइएको पछि सुकेको मालसामान किलोग्राम हिसाबले खरिद गरी कच्चापदार्थ जुटाउने नेपाली हाते कागज उत्पादन गरिन्छ। उद्योग खोल्नु भन्दा पहिला केयर नेपाल संस्था बाट एक हप्ता तालिम प्राप्त गरी पछि आफै उद्योग सञ्चालन गरिएको हो।
गाउँको जङ्गलमा भएको बणु नामको रुख बाहिरको भागलाई ल्याएर घरमा सुकाइ त्यसपछि नेपाली कागज उत्पादन प्रक्रिया सुरु गरिने गरिन्छ। उत्पादन गर्न दुई जना सम्म मान्छे अनिवार्य दक्ष जनशक्ति आवश्यक पर्छ।
१ वर्षमा नेपाली कागज १००० हजार काटी उत्पादन गरिन्छ। १ काटीमा २०० पाना रिम बनाउने गरिन्छ। गाउँ उत्पादन हिसाबले कुइन्ट रूपमा समान बनाए पनि बजारीकरण नपाउदा उद्योग संचालन गरेको ठाउँमा वर्षौं सम्म भएको उत्पादन भएको कागज घरमै थन्किएको बुढाले बताएका छन। ७
पहिलो वर्ष उत्पादन गरेको नेपाली कागज चेकजाँच गर्न काठमाडौ लिएर त्यतै लिएको समान बिक्री गरेर आएको हो। द्रोसो वर्ष देखि अहिलेसम्म नेपाली कागज उत्पादन गरेको समान गाउँमा राखेको छ। अहिले गाउँमा उत्पादन गरेको नेपाली कागज ७ कुइन्टल सम्मको समान बजारीकरण नपाउदा घरमै राखेको छ। गाउँ बाट बाहिर बिक्रीवितरण गर्न काठमाडौ तिर लगनको लागी आर्थिक अभावले गर्दा उद्योग उत्पादन देखि बिक्रीवितरणमा ठुलो समस्या भोग्नुपरेको उद्योग संचालक बुढाले बताएका छन्।
हिमाली नेपाली हाते कागज उद्योग दर्ता गरे देखि कुनै सरकारी तथा गैरसरकारी निकाय बाट कुनै आर्थिक सहयोग नपाएको गुनासो गरेका छन। गाउँपालिका तथा घरेलु साना उद्योग कार्यालयमा अनुदान रकम सहयोग लाई पटकपटक कागज प्रक्रिया पेश गरेपनि कहिँ कतैबाट अनुदान रकम सहयोग नपाएको छ। उत्पादन गरेको नेपाली कागज गाउँमा सडक संजाल संगै बजार नजिक नहुदा बिक्रीवितरण गर्न निकै समस्या अल्झनु पर्ने बाध्यता रहेकोे उनको भनाइ छ।
उत्पादन गरेको कागज गाउँ देखि काठमाडौ लगेर बेच्नको लागि आर्थिक अभावको कारणले समस्या भएको छ। बिक्री गर्न टाढा लिनुपर्ने हुँदा ढुवानी गर्न जटिल समस्या भएको हुँदा व्यवस्था राम्रो भएपनि उत्पादन अवस्था निकै संकटमा रहेकोे छ। बाजुरा जिल्लाकै दुर्गम गाउँ हुँदा समान ओसारपसार गर्न समस्या भएको छ। अहिले पनि सडक देखि करिब ८ घण्टा हिडिर गाउँ पुग्ने गरेको छ। गाउँमा सडक नजोडिएको हुँदा नेपाली कागज बिक्रीवितरण देखि लिएर ढुवानी मान्छे द्रारा बजारमा ओसारपसार गर्न असजिलो भएको बुढाले बताए।
अहिलेसम्म नेपाली कागज उत्पादन गरेको समान घरमै राखिएको छ। आर्थिक अभावको कारणले गर्दा कच्चापदार्थ खरिद गर्न पनि जटिल समस्या रहेकोे छ। नेपाली कागज निकाल्ने सामाग्री कमीकमजोरी भएको हुँदा उत्पादन गर्न बन्द अवस्था रहेकोे छ। केहि रकम विभिन्न निकायले सहयोग गरे उद्योग उत्पादन फस्टाउन सकिने बुढाले बताएका छन।











