बाजुरा- जिल्लाको हिमाली गाउँपालिका निर्माण योजना स्थलगत अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी सहित टोलि खटिएको छन।
प्रत्येक वडामा निर्माण गरिएको योजना लागत अनुसार काम गुणस्तर भएको वा नभएको हेर्न योजना सम्पन्न गरेको निर्माण भैइरहेको कामको अनुगमन गर्न स्थलगत पुगेका छन। पालिका योजना भुक्तानी गर्दा अनुगमन विना रकम नदिने समेत अधिकृत राज बहादुर भण्डारीले बताएका छन।
विशेषगरी ठेक्का भएका निर्माणकार्य देखि लिएर सम्पुर्ण वडामा रहेका योजना परिमाण र गुणस्तर कतिको बलियो राम्रो गरेको नगरेको हेरविचार गर्न योजनाको स्थलगत रूपमा अनुगमन कार्य गरिएको छन। गाउँपालिका साना ठुलो निर्माण योजना सबै कामलाई प्रभावकारी बनाउन सिङ्गो गाउँपालिका टिम खटिएको छ। गत सालमा विनियोजन बाट निर्माण भएका काम तिव्र रुपमा गर्न लागिपरेको गाउँपालिकाले बताएको छ।
पुर्वाधार विकास भवन, बत्ति, सडक, खानेपानी, सिचाइ नहर, मठ मन्दिर सबै निर्माणकार्य गुणस्तर बनाउन योजना अनुगमन कार्य भइरहनुका साथै गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी खटिएको बताएका छन। योजना लागत अनुसार निर्माण कार्य पुरा नभए प्राविधिक मुल्यांकन अनुसार रकम भुक्तानी गरिदिने अधिकृत भण्डारीले बताएका छन।
निर्माण योजना लागत रकम अनुसार काम भएको नभएको अनुगमन गर्न गाउँपालिका अधिकृत राज बहादुर भण्डारी लेखापाल खम्बिर शाही प्राविधिक शाखा प्रमुख जनक रोकाया इन्जिनियर मदनराज पाण्डे वडा अध्यक्ष प्रेमलाल भण्डारी सहित टोलि निर्माण योजना अनुगमन गरिएको बताएका छन। गाउँपालिका योजना सबै वडामा गएर अनुगमन गरिने पनि जनाएको छ।











