राजेन्द्र बहादुर रोकाया– मानव अधिकार तथा शान्ति समाज, बाजुराले जेठ १९ गते शान्ति समाजको २६ औं स्थापना दिवस मनाएको छ ।
समाजले स्थापना दिवसको अवसर पारी जिल्ला अस्पताल बाजुरामा उपचाररत बिरामिलाई फलफुल बितरण गरिएको छ । समाजले जिल्लामा मानब अधिकारका बिषयमा आफ्नो आवाज बुल्नद पार्दै आएको छ ।
कोरोना कहर र लकडाउनले निम्त्याएको असहज परिस्थितिमा पनि सामाजिक दूरी कायम राख्दै बिरामिलाई फलफुल बितरण गरि समाजको स्थापना दिवस मनाइएको जिल्ला अध्यक्ष सत्य रोकायाले बताउनुभयो । मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रका लागी बिरामिलाई फलफुल बितरण गरी सुरु गरिएको कार्यक्रम संचालन गर्दै जिल्ला उपाध्यक्ष प्रशान्तराज जोशिले शान्ति समाजको ईतिहास गौरवमय भएको बताउँदैे देश र जनाताको अधिकार स्थापनार्थ समाजको स्थापना भएको कुरा बताए ।
शान्ति समाज बाजुराका अध्यक्ष सत्य रोकायाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षको तर्फबाट बोल्दै शान्ति समाज देश र विश्वमा विद्यामान जातीय, लैङ्गिक, रङ्गभेद लगायत सबैखाले विभेदको विपक्षमा लड्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष छक्क बहादुर मल्ल, समाजका सदस्य मंगल बिष्ट, पार्वति जोशि हमाल लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए । कोरोनाका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने समाजका सदस्यहरुले फोन मार्फत शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम शान्ति समाज बाजुराका उपाध्यक्ष प्रशान्तराज जोशीले सञ्चालन गरेका थिए ।