बाजुरा- जिल्लाको उत्तरी भेग हिमाली गाउँपालिका र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सयुक्त लगानिमा निमार्णाधिन कुवाडी लघुजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई बत्ति बलेको छ ।
विगत २०६८ साल देखि निमार्णाधिन अवस्थामा रहेको कुवाडी लघुजलविद्युत आयोजनाको निमार्ण कार्य सम्पन्न भए पश्चात गाउँ गाउँमा बत्ति बल्न थालेको हो । हिमाली गाउँपालिका र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको गरी करीव साढेँ चार करोडमा विद्युत्तको निमार्ण कार्य सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रबाट मेसिन र पोल सहयोग भए पनि पावर हावस निमार्ण गर्ने, पोल खन्ने, तार तान्ने र नहर बनाउने जस्ता कार्य गाउँपालिकाबाटै भएको उहाँले बताउनुभयो। वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र गाउँपालिकाको साझेदारीमा विद्युत्तको निमार्ण कार्य सञ्चालन भए पनि समय बत्ति बल्न नसकेको बताएका छन। करीव चार वर्ष भित्र निमार्ण सम्पन्न गरी हिमाली गाउँपालिकाका पाचँ वटै वडामा विद्युत्त पुर्याउने लक्ष्य राखिए पनि बेला बेलाको अविरल वर्षा, बाढि पहिरो र स्थानियको खिचातानिका कारण समयमा बत्ति बल्न नसकेको उहाँले बताउनुभयो ।
गएकोे चैतमा हिमालीका गाउँ गाउँ बत्ति पुग्ने आसा गरीए पनि त्यस अघि असोजमा आएको अविरल बर्षाले नहरमा क्षेती पुग्दा बत्ति बाल्ने योजना अधुरै रहे पनि बाढि पहिरोले क्षेति पुगेको नहर गाउँपालिकाको सहयोगमा पुनः निर्माण गरी बत्ति बलेको उहाँले बताउनुभएको छ। विगत २०६८ साल देखि निर्माण कार्य सुरु भए पनि केही वर्ष समिति बनाउने र बिघठन गर्ने जस्ता कार्यले समयमा बत्ति बाल्न कठिनाई भएको उहाँले बताउनुभयो । स्थानिय उपभोक्ताको विवाद र पार्टीगत हुदा निमार्ण कार्य सुरुवात भएको झन्नै बाह्र वर्ष पछि हिमालीमा विजुल्ली बलेको गाउँपालिकाले जनाएको छ ।
निमार्ण कार्यमा वर्षौंपिच्छे स्थानिय विच विवाद सृजना हुदा लगानि भईरहे पनि समयमा बत्ति बल्न सकिरहेको थिएन । न बज्यो बासुँरी, नरह्यो बासँ भने जस्तै गत २०७४ साल पछि स्थानीय सरकारले निरन्तर लगानी बढाउदै प्रवल बुढाथापाको नेतृत्वमा समिति पुनर्गठन गरेको थियो। विभिन्न प्राकृतिक बिपत्तिको सामाना गर्दै वुढथापा नेतृत्वको उपभोक्ता समितले निमार्ण कार्य सम्पन्न गरे पश्चात हिमालीका गाउँ गाउँ बत्ति बलेको गाउँपालिकाले जनाएको छ। यस अघि विद्युत्त नहुदा सल्लाको झरो, मट्टीतेल र दियाँलो बालेर उज्यालोको अनुभुति गर्ने हिमालीका स्थानिय हिजो आज विजुल्ली बाल्न पाए पछि दङ्ग छन । अन्तर्राष्ट्रिय स्तरमा बिधुत बचेर करोडौंको आमदानी गरीरहेको सरकारले टुक्कीको भरमा रहेका विकट बाजुराका नागरीकलाई देख्न सकिरहेको छैन ।