
धनगढी– सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई दिने निर्णय भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
गत शुक्रवार मात्रै उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका थिए।