काठमाडौ- बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका २ बजेडिका २१ बर्षिया राम प्रसाद जैशीअहिले आर्थिक अभावका कारण काठमाडौको प्रत्या रोपण अस्पतालमा छटपटाईरहेका छन्। मृगौला पिडित राम प्रसाद जैशी बचाउका लागि सामाजिक अभियन्ता तथा साहित्यकार रीता शाहीले अभियान संचालन गरेकी छन्
अभियान चलाएर संजालमा राख्दै गर्दा नेपालमा घर भै अमेरीकामा कर्म थलो बनाउदै आएकी प्रसाद जैशीलाई बुधवार अमेरीका बासि सवि थापाले राम प्रसाद जैशिको लागि अमेरीका बाट थोरै भए पनि सहज होस भनी ४० हजार आर्थिक सहयोग गरेकि छन् ।
थापा यति मात्र नभई आफू अमेरिकामा रहे पनि नेपालका लागि विगत लामो समय देखि विभिन्न समुदाय र दिन दुखि हरुलाइ सेवा गर्दै आएकि छन् । राम प्रसाद जैशिलाई पनि थापाले चालीस हजार सहयोग गरेकि छन् । उक्त सहयोग नेपालका चर्चित कलाकार राजु परियार सामाजिक अभियन्ता तथा साहित्यकार रीता शाहि रितु पत्रकार तथा कलाकार कमल सर्गमको मिडिया टिम सहित पिडित जैशिको डेरा भक्तपुरमै गएर सहयोग हस्तान्तरण गरेको शाहीले बताएकी छन्।
उक्त चालीस हजार सहयोग कलाकार राजु परियार मार्फत हस्तान्तरण गरिएको थियो पिडित जैशीले सहयोगी थापा अभियन्ता र मिडियाको टिमलाई धन्यवाद दिएका थिए । राम प्रसाद जैशिको लागि साहित्यकार तथा अभियन्ता शाहिले आफुले अरु देशमा पनि सहयोगको अपिल गरेको र हङकङ अमेरिका भारत लगायत अन्य देशमा पनि पहल गरेको र सहयोग केही समय पछि आउने बताएकि छन्।